पार्टी त पार्टी नै हो नि !

   मौसम असाध्यै फेर बदल भएको छ । मौसम संगै खेति किसान यी सबैको कार्यक्रम सकाएर योजना तर्जुमाको कार्यक्रम गर्दा आर्को हिंउँदो लाग्ने हो कि ? खै कि हैसियत भएकाहरुले मात्र कार्यक्रम सार्ने सामथ्र्य राख्ने हो त्यो पनि थाहा भएन, हैसियत हुनको लागि योग्यता के के हुनु पर्ने हो ? आहो यो सबै कुराको पत्तो त     दुरविनले हेर्दा नि लागेन । अब यस्तो हैसियत र सामथ्र्य राख्नेहरुले नगरपालिकाको नाम राख्ने बेलामा नि ध्यान पुर्याउनु पर्थ्यो । किन भन्नुहोला, विष्ट काजीको आदर्श र नीति नियमलाई शिरोधार्य गर्ने भनेर नगरपालिकाको नाम थाहा राख्या त सर्व विदितै छ । तर थाहाका प्रणेता काजीको स्मृती दिवसको स्मृती क–कस्ले गरे त भन्ने कुरो अम्लोमा गन्न नि पुगेन, यत्रो नगपालिका घोषणा त्यसमाथि काजीको सम्मानमा नामाकरण गर्दा स्मृती दिवस पनि गज्जबले हुनु पर्थ्यो । ट्वामेलाई बाहिरबाट पाँच सात ठाउँबाट फोन आयो कि थाहाको के के कार्यक्रम हुँदैछ भनेर । तर थाहाकै वासिन्दाका दुइचारजनाले औपचारिकता निर्वाह गरे आठ दश जनाले अपनत्वको महशुस गरेनन्, बीस बाइस जनाले पार्टीको नाम दिए, कसरी हुन्छ खै । विकासको कार्यमा सदा पार्टीको फोहरी खोलले ओढाउने परिपाटी जहिले सम्म चल्छ, त्यसबेला सम्ममा थाहाका जनताहरु अन्धकारमै    रहन्छन्, बत्ति मुनीको अँध्यारो जस्तै सदरमुकाम र राजधानीको ठिक बिचमा बसेर पनि नगरवासी भएर पनि दुर्गमका मान्छे झैं पछि    परिरहन्छौं । जय थाहा ।
नीको चपेटा पनि चौपट्टै हुँदै गएको छ । उबेलाँ बाउबाजेले यो बेला भन्या त मर्या मान्छे नि घुमले छोपेर काम गर्ने पो हो त । मानो छरेर मुरी फलाउने बेलामा चटारो हुनु त ठीकै हो । यहि चटारोमा सबैले सबैकुरो ध्याउन्नमा राख्न सक्छन् भन्ने कुरा पनि रहेन । ट्वामे के कुरा गर्न लाग्यो भन्ने कुराले एक छिन चक्करायो होला तपाईंलाई, कुरो प्रष्ट छ, टावराँ उक्लेर दुरविन घुमाएसी सबै कुरो छर्लङै पो हुन्छ त । थाहा नगरपालिकाकाहरु यसपाली बडो उछल्या पो छन् त । पुर्व योजना तर्जुमा गोष्ठी गर्ने अ रे । गर्न त गर्ने यो चटारोमा सबैसंग साउती गरेर मात्रै गर्नु पर्ने, फेरी बिचरो निकाय–निकायका        कर्मचारीहरुलाई पनि त आफ्नै चटारो भएर होला, सबै संग साउती नगरे कार्यक्रम जोरजाम गर्न गाह्रो हुन्छ । कर्मचारी महोदय जवाफ फर्काउँछन्–‘माथ्लो आदेश भएकोले गर्दा यसो गर्न पर्या हो ।’ अब माथ्लो आदेश भनेसी पुर्व योजना तर्जुमामा मन्त्री महोदयकै सवारी पो हुने हो कि भन्ने ट्वामेलाई लाग्यो । अलि गहिरिएर बुझ्दा कहाँको हुनु मन्त्री महोदयको सवारी, पार्टी विशेषको कार्यक्रम भएकोले गर्दा पार्टीको मान्छे कार्यक्रममा उपस्थित हुन नभ्याउने भएकोले गर्दा नगराँ कार्यक्रम सार्या सर्यै गर्छ रे । अब यत्तिको जवाफ आएसी किन सार्या भनेर सोध्ने कुरै भएन । अब पार्टीको कुरोले सिंगो समुदायको कार्यक्रम सार्ने भएसी के भन्नु परो र ? अब एकदिन घामले कार्यक्रम राखेसी अर्को दिन पानीले राख्ला, अर्को दिन रुख विरुवाले राख्ला, अर्को दिन हम्मरले, अर्को दिन हँसियाले, अर्को दिन हलो, कुटो कोदालो, गल, खन्ती, कच्या, डोको, नाम्लो ...............  

All news in One Place