नेपाली चलचित्र प्रेमगितको शिर्ष गित गाएर उत्कृष्ट हुनेलाई एक लाख

प्रकाश दाहाल/हेटाैंडा
माघ २९ गते देशब्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र प्रेमगितको शिर्ष गित प्रतियोगिताको प्रचार प्रसारको लागि चलचित्रको एक टोली हेटौंडा आएको छ । टोलीले आज हेटौंडामा प वेवसाईट,मा अपलोड गर्नुपर्ने पनि कडायतको भनाई छ । त्यस्तै प्रतियोगि स्वयम्ले पनि युट्युब र फेसबुकमा पनि अपलोड गरी लिङ्क पठाउन सकिने पनि बताइएको छ । माघ ८ गतेभित्र पठाइएको भिडियोहरु माघ १५ गते आशुसेन फिल्मले सार्बजानिक गर्ने मिडिया संयोजक सुरेश आचार्यले जानकारी दिए । अपलोड भएका भिडियोहरुबाट संगितकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तलेको उपस्थितिमा १० जना उत्कृष्ट प्रतियोगि पछि बिजेता छनोट गरीने पनि आचार्यले बताए । बिजेताले नगद एक लाख सहित संगितकार अर्जुन पोखरेलको नयाँ चलचित्रमा गित गाउने अबसर प्रदान गरीने पनि चलचित्र युनिटले जनाएको छ ।
पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र प्रेमगितको शिर्ष गित प्रतियोगिताको बिषयमा जानकारी गराएको छ । संगितकार अर्जुन पोखरेलको संगित तथा सुगम पोखरेल र अञ्जु पन्तले गाएको ‘म यस्तो गित गाउँछु जुन प्रेमगित बनोस्’ भन्ने शिर्ष गित गाएर भिडियो सहित पठाउनु पर्ने प्रचार प्रसार संयोजक सुसान्त डायतले जानकरी दिए । आफुले गाएको भिडियो आसुसेन फिल्मको माघ २९ गतेबाट रीलिज गर्न लागिएको चलचित्रमा नायिका पूजा शर्मा, नबनायक प्रदिप खड्का, सरोज खनाल, रुपा राना लगायतले अभिनय गरेका छन् । सन्तोष सेनको लगानी रहेका चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरको उपाध्यक्ष प्रकाश दाहालको सभाध्यक्षमा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिब श्रीराम अर्जुनले गरेका थिए ।