रूपचन्द्र विष्टको उदारता र वर्तमानको कपट नीति
नन्दलाल आचार्य
साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मर्ूतरूप लिन र न्याय, समानता र स्वतन्त्रताले भरिपर्ूण्ा समाजको स्थापना गर्न सक्दैनन् । प्रगतिवादले मार्क्सवादी दर्शन र चिन्तनको विशिष्ट विचारधारासँग सम्बन्ध राख्दछ जुन राजनीतिमा साम्यवाद कहलाउँछ, सामाजिक एवं आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद कहलाउँछ भने त्यही साहित्यमा भने प्रगतिवाद कहलाउँछ । जीवन र जगत्का वस्तुसत्यलाई यथार्थ तवरले उद्घाटित गर्ने काम यस वादमा हुनर्ेगर्छ । भनिन्छ, प्रगतिवाद आत्मा साम्यवादमा, प्रेरणा राजनैतिक अनुशासनमा र कल्पना र्सवाहाराको सत्ता प्राप्तिमा राखेर अघि बढेको हुन्छ । यसले मानवको शक्तिलाई सर्वोपरी ठान्छ ।पूँजीवाद, सामन्तवादजस्ता वर्गप्रति झुकाव राख्ने क्रियाकलापको घोर विरोध गर्छ र वर्गसंर्घष्ाको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्ने अभीष्ट यस वादले लिएको हुन्छ । मूलभूतरूपमा सामाजिक यथार्थवादी दृष्टिकोण, देशभित्र र बाहिरका चेतनामूलक विचारहरू, शोषकलाई घृणा र शोषित वर्गप्रति हार्दिक सहानुभूति, विकृति नाश गरी सकारात्मक परिवर्तनमा उग्र चिन्तन, नारी हक, हितप्रति सचेतर्,र् इश्वर, धर्म, आत्मा, र्स्वर्ग, नरकजस्ता कुराहरूप्रति वेवास्था गरेर संर्घष्ाशील जीवनलाई उच्च कदर गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ । यस कुरामा विष्ट समर्पित थिए भन्ने कुरा हामी उनको व्यवहार र काम गराइका कारणले सहजै अनुभव गर्न सक्छौँ ।
मार्क्सवादी चिन्तनबाट प्रभावित भई समातामूलक समाजको निर्माण गर्न चाहने स्रष्टाले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक आदि तवरले शोषित, पीडितवर्गप्रति सहानुभूति राख्दै आफ्नो अभिव्यक्ति दिएका हुन्छन् । मूलभूतरूपमा प्रगतिवादी साहित्य मार्क्सवादी दर्शन र चिन्तनबाट प्रेरित र प्रभावित हुन्छ । समतामूलक समाजको स्थापनाको आग्रह सहित वर्गीय दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । पुराना मक्किएका विचार र नयाँ अग्रगामी चिन्तनले प्रेरित विचारका बीच द्वन्द्व हुन्छ । यो काल्पनिक आदर्श र खोक्रो नैतिकताको विपक्षमा उभिन्छ । मूल्यसहितको जीवन जिउने सोचको विकास, व्रि्रोही एवं क्रान्तिकारी अभिव्यक्तिमा जोड र सरलतामा सलल बगेको जनबोलीको प्रयोगजस्ता पक्षलाई जोड दिई अग्रगामी आवाजलाई गुञ्जायमान गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ । तर रूपचन्द्र विष्टले चलाएको ‘थाहा’ आन्दोलन प्रगतिवादी साहित्य र जनजागरणको एउटै शाखा हो भनेर हामीले भन्नै सकेका रहेनछौँ । हामीले लेखेका कुरामा मात्र जोड दिएछौँ, नलेखिएको इतिहास लेख्न छाडेका रहेछौँ । नेपाली माटोमा नै प्रगतिशिल साहित्य र प्रगतिशील कार्यव्यापार फैलिएको र रहेको एउटा नमुना हुन्- रूपचन्द्र विष्ट । समाजको हितमा जीवन अर्पेका रूपचन्द्र विष्टजस्ता योद्धालाई छाड्यौँ भने हाम्रो इतिहास अपूरो मात्रै हैन अधुरो र अन्यायी हुन्छ ।
पञ्चायती शासनकालको अन्धकारमय समयमा शासकहरू मस्ती लुटिरहेका थिए भने जनता अबुझ खसीबोकाझैँ डोहोरिरहन्थे । उनीहरू शासकको स्वार्थको जालमा अल्भिmएका थिए । एक हिसावले नबुझेर जनतालाई त्यही मज्जा लागेको थियो । आफ्नो हैसियत र सामर्थ्यबाट जनता अनविज्ञ थिए । केही जागरूक नेपालीहरू मुक्तिको द्वार खोजिरहन्थे । जसरी आफ्नो नाइटोको विनालाई चिन्न नसकेर र त्यसको वासनामा लोभिएर मृग रनवन डुल्दै विना खोज्छ, त्यसै गरी जागरूक नेपालीहरू रनवन डुल्दै थिए । ती अनगिन्ती नेपालीहरूमध्येका रूपचन्द्र विष्ट त्यस्ता नेपाली हुन् जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक बन्न सकेनन् । मकवानपुर जिल्लामा कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर पनि कृषिक्रान्तिका अभियन्ता मानिएनन् । आफ्नै र जनताको जनश्रमदानद्वारा पालुंगको जनकल्याण मावि बनाउँदा उनी शिक्षासेवी वा समाजसेवी कहलिएनन् । मात्र हन्डर खाए, राज्यस्तरबाट सम्मानको बदलामा चोट पाए । बौद्धिक कहलिएका राजनितिज्ञहरूको सोचमा सन्की स्वभाव, तामसी र पागलपनले मात्तिएको व्यक्ति भन्ने दर्जा पाए । उनका हरेक क्रियाकलाप सत्यमा आधारित र जनकल्याणले ओतप्रोत भएका थिए । उनका विचारको हिजो पनि खाँचो थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ । उनी भन्थे-
-सबै बाबुआमाले आफ्ना सन्ततीलाई अनिवार्यरूपले पढाउनुपर्छ । छोरा नपढाउने बाबुआमाले सजायस्वरूप जनश्रमदान गर्नुपर्छ र छोरी नपढाए दोब्बर सजाय भोग्नुपर्छ ।
-नपढेर सन्तान बिग्रे डाका गर्न हाम्रो घर आउँछन्, मुलुकको अहितमा काम गर्छन्, अतः सन्तान तिम्रो भए पनि चासो हाम्रो हुन्छ । घाटा हामीलाई हुन्छ । हाम्रो गाउँठाउँमा डकैत र गद्दार मान्छे हुँदा के तिम्रोमात्र इज्जत गुम्छ कि हाम्रो पनि –
-म त भन्छु र गर्छु पनि-छोराछोरी पढाउने बाबुआमा जिन्दावाद, छोराछोरी नपढाउने बाबुआमा मूर्दावाद ।
उपर्युक्त कथन र जनकल्याण माविको स्थापनाजस्ता प्रसङ्गहरूले पनि शिक्षाप्रतिको उनको अनुराग झल्कन्छ । सबै बाबुआमाले आफ्ना सन्ततीलाई अनिवार्यरूपले पढाउनुपर्छ भन्ने मान्यताले छोरा नपढाउने बाबुआमाले सजायस्वरूप जनश्रमदान गर्नुपर्ने र छोरी नपढाए दोब्बर सजाय भोग्नुपर्ने नियम बनाएका थिए । सबैलाई नियम प्रिय नहुन सक्छ । त्यस्तै यस प्रकारको नियमले मन कुड्याउनेहरू नभएका भने होइनन् । शिक्षाको महत्व र आवश्यकता झल्काउन र कायम गर्न भने उनको यो नीतिको जति प्रशंसा गरे पनि कम हुन्छ ।
उनी सदावहार राजनीतिज्ञ, दार्शनिक, कृषि अभियन्ता, समाजसेवी, शिक्षासेवी र जनप्रिय एवं सम्मानीय राजनेता हुन् भन्ने कुरा उनका निम्न क्रियाकलाप र विचारले पुष्टि गर्दछ ।
केटाकेटी बिग्रे बाबुआमा दोषी,
जनता बिग्रे सरकार दोषी,
सरकार बिग्रे व्यवस्था दोषी,
व्यवस्था बिग्रे अगुवा दोषी,
अतियथार्थमुखी,र्
कर्तव्यमुखीवाहेक,
पछुवा, भगुवा सारा दोषी,
जात ठूलो कि जनता –
नाता ठूलो कि न्याय –
स्वार्थ ठूलो कि निस्वार्थ –
मार्मिक विचारलाई खरो र दह्रो रूपमा सम्प्रेषण गरिएको उनको यो कवितांश ०३९ सालको स्थानीय चुनावको पर्चामा लेखिएको थियो । हामीले यिनै पङ्क्तिलाई मूल्याङ्कन गर्दा पनि उनमा कवित्व भावना प्रशस्त पाउँछौँ । वैचारिक विशालता भेट्दछौँ । सत्यको पक्षमा वकालत गर्ने यस युगका विदुरका रूपमा उनलाई भेट्दछौँ । को ठीक र को बेठीक भन्ने पत्ता लगाउन सक्छौँ ।
पैसाबाट सत्यता,
पदबाट इन्साफ,
जातबाट जनहित,
शोषकबाट विकास,
विदेशीबाट राष्ट्रियता,
रन्डीबाट इमान,
गुन्डाबाट राजनीति,
शासकबाट प्रजातन्त्र,
पाइँन्छ भन्नेले
लगाएछन् चितुवालाई
बाख्राको गोठालो ।
यो सदावहार कवितांशबाट समेत उनी सत्य बक्ने, प्रखर दूरदृष्टि भएका विचारक हुन् भन्ने कुरा सिद्ध हुन्छ । वि.सं. ०३९ सालकै पर्चामा छापिएको यस कवितांशबाट पनि उनले पञ्चायती व्यवस्थालाई त्यही वेला चितुवाको संज्ञा दिएको देखिन्छ । यसमा व्यवस्थाले नै देश र जनतालाई खाएको कहिरन उतारेका छन् । खराव मन भएकाहरूबाट असल काम होला भनी सोच्नु दिवास्वप्ना भएको कुरा उल्लेख गरेका छन् । यसरी उनी प्रजातन्त्रका हिमायिती भएको पुष्टि हुन्छ ।
मूलरूपमा उनले तीन दशक थाहा आन्दोलन चलाए । यस आन्दोलनको मुख्य सार थियो- निष्पक्ष सक्रियताको अभ्यास । अर्को शब्दमा, चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फ राजनैतिक र सामाजिक जागरण ल्याउनु । पक्ष वा विपक्षमा उभिएर काम गर्न सजिलो हुन्छ तर त्यो निष्पक्ष हुँदैन । कुनै पनि सिद्धान्तको पक्ष वा विपक्षमा उभिएर काम गर्दा त्यसको अघि वा पछि ठूलो भीड एकत्रित हुन्छ । त्यसमा आग्रह वा पर्ूवाग्रहले ओतप्रोत भई कार्य गर्नै पर्छ । यसो गर्दा आफ्नो विवेक गुमाएर मात्र कार्य सम्पादन गर्न सकिन्छ र प्रतिफल समेत निष्पक्ष हुँदैन । तर्सथ हामीले कुनै क्षेत्रमा रहेर कार्य गर्दा निष्पक्ष भएर आफ्नै विवेक र बरबुताले गर्न सक्यौँ भने त्यो र्सव स्वीकार्य सावित हुन्छ । सत्यको राजधानीमा देर हुन्छ तर अँधेर हुन्न । सत्य कुरालाई चाडै पचाउन वा अपनाउन नसकिएला तर कालान्तरमा त्यो र्सवत्र पुजनीय बन्दछ । सुकरातहरू, ओशोहरू, चार्ल्स डार्बिनहरू, तुलसीमेहरहरू सुरूमा कसैका आँखामा सत्य थिएनन्, अहिले उनीहरूलाई लोकले श्रद्धा गर्छ । लक्ष्मीप्रसादहरूले दर्रि्र र राज्यद्वारा अपहेलित जीवन भोगेर मरे । अहिले उनीहरूकै जगमा उनीहरूकै नाम बेचेर लक्ष्मीपति बनेर राज्यबाट सम्मानित जीवन भोग्नेहरू धेरै छन् । तर्सथ रूपचन्द्र विष्ट दूरद्रष्टा थिए, वीर थिए, सत्य र न्यायका हिमशैल थिए भन्न हिच्किचाउने ठाउँ छँदै छैन् ।
रूपचन्द्र विष्टले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । उनी पर्चापम्पलेटहरूमा तस्विर हैन विचार लेख्थे । तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँथे । उनले कहिल्यै पनि रूपचन्द्र विष्टलाई हेरेर भोट देऊ भनेनन् । मात्र विचार बाँडे । उनका विचारसँग सहमत हुनसक्नेलाई पनि स्वविवेकले चल्न भन्थे । तर सबैले सबैका विचार, भावना, सिद्धान्त र क्रियाकलापहरूको साक्षी हुन सक्नुपर्छ भन्ने उनको भनाइ थियो । राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि पञ्चायतकै विरोधमा विचार व्यक्त गरेर आफ्नो बौद्धिक बर्चस्व राख्न सक्ने महान् योद्धा थिए । उनले पञ्चायत कालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए । उनको आवाजले मर्ूतरूप भने उनको निधन पछि मात्र पायो ।
-श्रमिकको राजनीति पूँजिपतिले गरेर हुँदैन, छाप्राको राजनीति महल -दरबार)ले गरेर हुँदैन, महिलाको राजनीति पुरूषले गरेर हुँदैन, आफ्नो लागि आफैँ जागेर अघि बढ्नुपर्छ ।
-हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । मात्र हामी सत्य र न्यायका र सत्य र न्याय हाम्रा लागि हुन् ।
यसो भन्ने विष्टभित्र हामी सबथोक भेट्छौँ । वास्तवमा जसलाई जेको खाँचो छ, त्यसलाई पाउन ऊ स्वयम् जाग्नुपर्छ । आमूल क्रान्ति ल्याउनुछ भने क्रान्तिकारीले स्वयम् अग्रसरता देखाउनुपर्छ । दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ । श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ । अतः जसको उत्थान हुनुपर्छ, ऊ स्वयम्ले अगुवाई गर्नुपर्छ । श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँठाउँमा कठोर बन्नुपर्छ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नुपर्छ । जो न्याय र सत्यमा अडिग भएर बाँच्यो उसको जीवन र्सार्थक हुन्छ । कथनी र करणीमा सामञ्जस्य गर्दै न्याय र सत्यको जगमा उभिन रूपचन्द्रले गरेको आह्वान् स्तुत्य छ । अर्कातिर फर्केर चिन्तन गर्दा के देखिन्छ भने साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मूर्तरूप लिन र न्याय, समानता र स्वतन्त्रताले भरिपर्ूण्ा समाजको स्थापना गर्न सक्दैनन् ।
आजसम्मको साजिक धरातलमा उभिएर हर्दा रूपचन्द्रका केही क्रियाकलाप अराजकजस्ता लाग्दछन् । यसका केही नमुना हेरौँ-उनी पञ्चायती व्यवस्थाविरोधी एजेण्डा बोकेर चुनाव जित्थे । चुनावी पर्चा सित्तैमा नदिएर बिक्री गर्थे । जनतालाई तिमीहरू भाते कुकुर हौ भनेर भोट माग्थे । ‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उनले प्रयोग गरेका हुन् । ‘भाते कुकुर’ शब्दको अभिधा अर्थ खराब भए पनि यी शब्दले पुकारिनेे मानिस असल हुनेगर्थे । कुकाम गर्नेहरूले कहिल्यै यस खाले सम्बोधन पाएनन् । भ्रष्टचारीलाई उनी खुलेरै भ्रष्टचारी भन्थे, गद्दारलाई गद्दार नै भन्थे । छोराछोरीलाई नपढाउनेलाई श्रमसजायको दायरामा ल्याउँथे । अरूको कानले मागेको हैन आफ्नो मुखले रोजेको भाषा र भाकामा आफ्ना कुरा राख्न पाउनुपर्छ भनेर खुल्ला वाक्स्वतन्त्रताको वकालत गर्थे । पञ्चायतलाई शोषक, फटाहाहरूको अराजक व्यवस्था भन्थे । नेतानेतृ सम्माननीय हुन जनता जाननीय हुनुपर्छ भन्ने उनको मत छ । उनले राष्ट्रिय पञ्चायतदेखि आमसभा र र्सवसाधरण एवं शासकहरूसँग एकै किसिमको भाषा बोले । चाहे र्सवसाधरण हुन् या शासक प्रशासकहरू नै किन नहून् सबैलाई तँ भन्थे, तिमी विरलैलाई भन्थे । तपाईँ भन्ने खालका मानिसहरू उनको नजरमा विल्कुलै कम थिए । यसको कारण के थियो भने हामी सामु छँदा आदरसूचक र्सवनामको प्रयोग गर्र्छौँ तर उसको अनुपस्थितिमा अनादरसूचक र्सवनामको प्रयोग गछौँ । यसको कुप्रभाव पर्ला कि भनेर सहयोगीहरूले भन्दा उनी भन्थे-कसैलाई खुशी पार्न बोल्ने हैन । सत्य बोल्ने हो ।
उनी जसलाई जस्तो देख्यो त्यस्तै सम्बोधन गर्थे । कोही कालोधन सोहोर्न पल्केको छ भने उसलाई भ्रष्टचारीको विल्ला भिराइदिन्थे । उनी सबैलाई नाताले हैन नामले पुकार्थे । कसैले नाता लगाएमा मेरो नाम छैन, नामले पुकार् भन्थे । जसले पनि आफूले चाहेअनुरूपको वाक्स्वतन्त्रता जाहेर गर्न पाउनुपर्छ भन्थे । कतिपय प्रसंगमा कानुनी नजरबाट बचेर जनतालाई सूचित गर्ने काम फत्ते गराउन चाहन्थे । उनी र्सार्वजनिकरूपमै मानिसहरूलाई भन्थे-तँ एक अंगालो श्रीमती/श्रीमान् र एक थाल भातमा जीवन फ्याकिराखेको छस् ।
पालुंगको जनकल्याण माविको निर्माणमा उनले सम्भ्रान्त परिवारकी पत्नी उमा शाहलाई आफू र अरू सरह ढुङ्गा बोकाएका थिए । यस्तै कारणले उनको वैवाहिक सम्बन्धविच्छेद पनि भयो । उनी राजनैतिक दलमा आवद्ध पनि थिएनन्, उनको आफ्नो दल पनि थिएन । उनी पर्ूण्ा वाक्स्वतन्त्रताको पक्षमा उभिएका थिए । अरूले भनेका कतिपय कुरा उनी वेठीक भन्थे । तर आफूले चाहिँ आफू ठीक र संसार बेठीक भन्न पनि पाउनुपर्छ भन्थे ।
यसप्रकार उनी कतिपय ठाउँमा विवादास्पद व्यक्ति जस्ता पनि ठहरिएका छन् । उनका र्सार्वजनिक भएका धेरै कुराहरूमध्ये केही अन्धर्समर्थन गर्ने खालका छन् तर केही कुराहरू रहस्यले भरिएका छन् । उनको निधन ०५६ साल असार ७ गते ताका केही सहयोगीवाहेक लगभग उनी एक्लो र विक्षिप्त मनोदशामै थिए । उनी राजा वा विदेशी दलाल वा त्यस्तै कुनै अपराधिक गिरोहका र्समर्थक वा कार्यकर्ता भएका भए सामान्यभन्दा सामान्य जीवन यापन र मरण स्वीकार्नु पदैनथ्यो होला । जे होस्, रूपचन्द्र विष्ट अराजकताले नछोएका पवित्र व्यक्ति भने थिएनन् । उनमा राम्रा नीतिको खानी थियो । नराम्रा लाग्ने कुरामा पनि सत्य र न्याय भने लुकेकै पाइन्छ । जीवनको वास्तविकता कतै न कतै लुकेकै पाइन्छ ।
उनको जीवनशैली बडो सरल थियो । २०५६ सालको संसदीय चुनावमा उनले जम्मा ८१ मत पाएर पनि उनी चुनावै चितेकोजस्तो गरी खुशी भएका थिए । त्यस बखत उनको मत थियो-कम्तिमा सत्य र न्यायमा रहने एउटा क्षेत्रमा ८१ जना त भाते कुकुरहरू रहेछन् । यी सबै क्षेत्रमा यही दरमा भाते कुकुर हुने हुन् भने जनता सहजै जाननीय हुने थिए । -आफूलाई मत दिनेलाई त उनी भाते कुकुर भन्थे, यो विशेषण उनको नजरमा हामीले भन्ने गरेको माननीय वा सम्माननीय शब्दभन्दा कम महत्व राख्ने थिएन ।) उनी श्रम नगरीकन रहनै सक्दैनथे । उनी र्सार्वजनिक हितको काममा सरिक रहन्थे, उनी सधैँ सत्य बोल्थे, ध्यान गर्थे, मर्ूर्तिपूजाका विरोधी थिए । सधैँ सत्य कुरा अरूलाई जानकारी दिन्थे । उनी जनचेतनाका संवाहक र गरिव, दुःखीका पहरेदार भएर जीवन र्समर्पण गरेका एक जागरूक योद्धा हुन् ।
उनी भन्थे…एक दिनमा २८८ वटा ५ मिनेट हुन्छन् । मात्र तिमी ३ वटा ५ मिनेट खर्च गर । ५ मिनेट सत्य बोल, ५ मिनेट सत्य सोच -ध्यान गर) र ५ मिनेट सत्य अरूलाई थाहा देऊ । यस प्रकार दिनमा कम्तिमा १५ मिनेट खर्च गर ।
पञ्चायती व्यवस्थालाई महाडाकातन्त्र मान्ने रूपचन्द्रले जीवनको उत्तर्रार्द्धकालसम्म पनि एकै किसिमको धारमा उभिएर विचार फैल्याए । आफू झुप्रेझाम्रे भएकोले सोही बमोजिमको सामान्य ठाउँमा उपचार गर्न र मरेपछि विल्कुलै सामान्य वर्गकोझैँ अन्तेष्टी गर्न अह्राएका थिए । सहयोगीलाई आफ्नो मृत लासमा अविर, माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न समेत भनेका थिए । थाहा अभियान सफल पार्न युद्धकलाका राष्ट्रिय खेलाडी भतिजा रणसंग्राम विष्टको जति सहयोग लिए पनि उनलाई नाताको आधारमा जापान पठाउन सिफारिस गर्न उनी राजी भएनन् । भतिज रणङ्ग्राम योग्य भए पठाउन सिफारिस गर्छर्ुुऊभन्दा अरू नै योग्य भए उसैलाई पठाउन सिफारिस गर्छर्ुुनेर सिफारिस पत्रमा लेखेका थिए । नाताको मोहले न्याय मर्न नदिने उनको हक्की स्वभावलाई यस घटनाले पनि पुष्टि गर्छ ।
कलाकार लक्ष्मण भुजेलले लगातार ९ वर्षो समय लगाएर बनाएको उनको मर्ूर्ति -शालिक)को अनावरण एनेकपा माओवादीका अध्यक्ष प्रचण्डद्वारा अनावरण भयो । आफ्नो मूर्ति नबनाउन बुद्ध, ओशोहरूले भने पनि उनीहरूका पथमार्गीहरूले मर्ूर्ति बनाएरै छाडेका छन् । त्यसै गरी रूपचन्द्र मर्ूर्ति विरोधी भए पनि अनुयायीहरूले उनको मर्ूर्ति बनाएरै छाडे । हुन त महान् मान्छेले कहिल्यै पनि मेरो मर्ूर्ति बनाऊ, मेरो पूजा गर, मलाई श्रद्धा गर, म जे भन्छु, आफ्नो विवेक गुमाएर मेरो पथमा हिँड भन्दैनन् । श्रद्धाले, स्मरणीय बनाउन मर्ूर्ति -शालिक) बनाउनु अन्यथा भने होइन । जसको पनि ठीक विचारलाई र्समर्थन गर्दा हुन्छ । प्रवृत्तिले, कार्यशैलीले अनि सिद्धान्तले रूपचन्द्र बामपक्षधर रहेको देखिन्छ । पत्रकार वेदप्रकाश त्रिपाठीले रूपचन्द्रलाई कम्युनिष्टहरूले कोपभाजनमा पारेर निरास तुल्याएको चर्चा गर्न पनि छाडेका छैनन् । उनको मतमा केही कम्युनिष्टहरूले रूपचन्द्रलाई मृत्युपछि कम्युनिष्ट पार्न खोजे भनेर उनले आफ्नो संस्मरणमा आरोप पनि लगाएका छन् । तर उनी दलीय झण्डामुनि आएनन् । उनी माओ, लेलिन, महात्मा गान्धी, मदन भण्डारी, विश्वेश्वरप्रसाद, गणेशमानहरूजस्ता प्रखर राजनीतिज्ञहरूको नीतिबाट भने प्रशस्त प्रभावित थिए । अर्काको सुखसयल र समुन्नतिमा जीवन अर्पण गर्नेलाई राजनैतिक दलको झण्डामुनि हैन राष्ट्रिय झण्डामुनि राख्दा नै उचित होला ।
त्यसैले नेपालले चिन्न नसकेको महामानव भनेर पत्रकार वेदप्रकाश त्रिपाठीले रूपचन्द्रलाई चिनाउन खोज्छन् भने खगेन्द्र संग्रौला उनलाई मान्छेका रूपमा हैन एक छाताका रूपमा व्याख्या गर्दै भन्छन्-
-उनी चेतना र आदर्शका विशाल छाता थिए, त्यो छातामुनि ओत लाग्न मानिस त्यसै डोहोरिएर आउँथे ।
-रूपचन्द्रका अनुयायीहरू जो थिए, तिनले जनमुखी ‘थाहा’ पथको राम्ररी भेउ नै नपाएको अल्पज्ञानी बटुवाजस्तो अभिनय गरे ।
रूपचन्द्रले विदा लिएको अठार वर्षलागेको छ । उनीबाट आजका जनता र नेतानेतृले ठूलो पाठ सिक्नु जरूरी छ । मरिचमानसिंह श्रेष्ठ, लोकेन्द्रबहादुर चन्दहरूले मंत्री/उपप्रधानमंत्री बन्न गरेको आग्रहलाई उनले ठाडै अस्विकार गरेर हामीलाई पाठ पढाएका छन् । जनता जगाउन र देशको हित गर्न पद नै चाहिन्छ भन्ने छैन । पद बाहिर रहेर पनि मुलुक र जनताको समुन्नती गर्न सकिन्छ भन्ने उदाहरण उनी स्वयम् भएका छन् । हो, साँच्चै हामीले रूपचन्द्रको विशाल रूपलाई चिनेकै छैनौँ । अब पनि चिन्न भुल गयौँ भने हामीले मुलुकलाई उँभो लगाउनेहरूप्रति अन्याय गरेको र्ठहर्छ । हरेकले रूपचन्द्र र उनले अवलम्वन गरेको ‘थाहा’ आन्दोलनको भेउ बुझि जाननीय रहनुपर्छ ।
शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्याउने र जनअपेक्षाकृत जनसंविधान निर्माण गर्ने सवालमा हामी निकै पछाडि छौँ । आज पद, पैसा र प्रतिष्ठाका लागि आफ्नो अन्तःस्करण खुल्लमखुल्ला बिक्री गरिँदै छ, जुन दर्ुभाग्यको अर्को नाम हो भन्दा अतिशयोक्ति गरेको नठहर्दा ।
तपेश्वरी-१, गल्फडिया, उदयपुर nandalalacharya@gmail.com
हाल ः लिट्ल फ्लावर मा.वि., राजविराज-९, सप्तरी,
फोन न.ं ०३१५२००३८ सर्म्पर्क ः ९८४२८२९२०६