गाडी बोक्ने गोले रहेनन्
तीन वटी पत्नी भित्र्याएका धनबहादुर एउटीले छाडेर हिंडेको र दुइटीको मृत्यु भएकाले छोरी पट्टिकी नातिनीको घरमा बस्दै आएका थिए । उनका दुई छोरामध्ये एक जना मकवानपुरकै बज्रबाराहीमा घर बनाएर बसेका छन् भने विदेशबाट बिरामी भएर फर्केका अर्का छोराको दुईवर्ष अघि निधन भएको थियो ।
गोलेको समूहले मकवानपुरको भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरिहुँदै काठमाडौं गाडी बोकेर पु¥याउँथे । त्यसरी भरिया लगाएर गाडी काठमाडौं पु¥याउने चलन वि.सं. २०१३ मा त्रिभुवन राजपथ बनेपछि हटेको थियो।
१७ वर्षको उमेरदेखि गाडी बोक्न थालेका धनबहादुरले पहिलो पटक ६४ जनाको टीममा सानो गाडी बोकेर काठमाडौं पु¥याउँदा नाइके मार्फत राणाबाट ६० आना (पैसा) बक्सिस् पाएका थिए । त्यसपछि उनले ३० वटा जति गाडी त्यही बाटोबाट काठमाडौं पु¥याएका थिए ।
-फोटो फाइलः सुरजकुमार भुजेल