थाहा नगरमा पि.एच.मान घट्यो

    कृषि सेवा केन्द्र दामनको संयोजन तथा अबिरल कृषक समूह थाहा नगरपालिका वडा नंबर ६ घर्तिखोलाको आयोजनामा एक दिने माटो परीक्षण शिविर सम्पन्न भएको छ । 
   कृषि सेवा केन्द्र दामनका कृषि प्राविधिक मधुसुदन आचार्यको उपस्थितीमा भएको माटो परीक्षण शिविरको प्राविधिविधक सहयोग क्षेत्रिय माटो प्रयोगशाला हेटौंडाले गरेको थियो । शिविरमा थाहा नगरका पाँच दर्जन बढिले आफ्नो खेत बारीको माटो परीक्षण गराएको कृषि सेवा केन्द्र दामनले जानकारी दिएको छ ।
    परीक्षणका क्रममा थाहा नगरका किसानहरुको खेतबारीको माटोमा अम्लियपन बढि रहेको कृषि प्राविधिक आचार्यले बताउनुभयो । किसानहरुको खेतबारीको माटो पिएच मात्रा औषतमा ४ दशमलव ५ मात्र रहेको उहाँले     जानकारी दिनूभयो । यस क्षेत्रका किसानको खेतबारीको माटो सुधारका लागि कृषि चुन तथा कम्पोष्ट÷गोठेमलको प्रयोग बढाउनुपर्ने कृषि प्राविधिकहरुले सुझाव दिएकाछन् । 

All news in One Place