नाकाबन्दीले पशु पनि संकटमा
मधेसी मोर्चाले दुई महिना अघिदेखि गरेको नाकाबन्दीको प्रभाव पशुवस्तुमा पनि परेको छ । जिल्लको गोगने गाविसमा एक किसानको उपचारकै अभावमा भैसी मरेको खबर छ । भैसी ब्याउन नसकेर मरेको पशुसेवा केन्द्र पालुङको अभिलेख छ । भैसी ब्यथा लागेर ब्याउन नसकेपछि पशु चिकित्सकलाई सेवा केन्द्रमा फोन गर्दा इन्धन अभावकै कारण समयमा किसानको घरमा पुग्न नसक्दा भैसी मरेको सेवा केन्द्रले जनाएको छ । यद्यपी मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा थाहा नगरमा वितरण भएको इन्धनका लागि सेवा केन्द्रले निवेदन दिँदा पनि आफ्नो कार्यालयले नपाएको पशु सेवा केन्द्र पालुङका प्रमुख महेन्द्र भण्डारीले बताउनुभयो ।
त्यस्तै इन्धनका साथै सिमेन्टको उपलब्धता सहज नभएका कारण पशु विकास अन्तर्गतका कार्यक्रमा रहेका गोठ सुधारका कार्यक्रम पनि अलपत्र अवस्थामा रहेको सेवा केन्द्र प्रमुख भण्डारीले जानकारी दिनूभयो । त्यस्तै अहिले नाका बन्दीकै कारण सिमेन र त्यसलाई राख्ने नाइटोजन विरगञ्ज नाकाबाट भित्रन नसक्दा पशुवस्तुमा गरिने कित्रीम गर्भाधान सेवा ठप्प छ ।