थाहानगरका २९ जना थाहा आइडलको दोश्रो चरणमा प्रवेश
थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा भाद्र २९ गते देखि असोज ८ गते सम्म हुन गइरहेको दोश्रो थाहा महोत्सवको थाहा आइडल एकल गायन तथा एकल नृत्यको प्रि अडिशनमा २९ जना दोश्रो चरणमा प्रवेश भएको छ ।
पालुङ जेसीजको सभाहलमा मंगलबार भएको प्रतियोगितामा गायन तर्फ १७ जना र नृत्य तर्फ १२ जना गरी २९ जना दोश्रो चरणमा प्रवेश भएको थाहा आइडल प्रि अडिशनका कार्यक्रम सञ्चालक अनित बिष्टले जानकारी दिए । मकवानपुर जिल्ला स्तरीय थाहा आइडलको भेगिय अनुसारको प्रि अडिशन अन्तर्गत शुक्रबार आग्राको डा“डाबासमा हुने कार्यक्रम संयोजक विजय श्याम अमात्यले बताए । दोश्रो चरणको कार्यक्रम भाद्र २५ गते पालुङ जेसीजको सभाहलमा हुने अमात्यले जानकारी दिए । हालमा सम्मको दोश्रो चरणका लागि गायन तथा नृत्य गरी ३३ जना प्रवेश गरेको छ ।
भाद्र २९ गते उद्घाटन हुने दोश्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मूल समारोह समितिका अध्यक्ष कविराज खत्रीले बताए ।