१९ वर्षीया युवती ब्राउन सुगरसहित पक्राउ
कृष्ण आचार्य
लागुऔषध कारोबारलाई नियन्त्रण गर्न शुरु गरेको विशेष अभियान सञ्चालन गरिरहेको प्रहरीले सोही अभियान अन्तर्गत नारायण नगरपालीका ९ दैलेख घर भएकी १९ वर्षीया धना तारामीलाई बिरेन्द्रनगरको एक होटेलबाट पक्राउ गरेको हो ।
उनलाई वीरेन्द्रनगर ६ न्युरोडस्थित होटल अल्पाइनबाट ३१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
तारामीलाई आवश्यक कारबाही प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।