नेपाल कप फुटबलको लागि मकवानपुरको टिम घोषणा
हेटौँडा/स्पाेर्टस फर अलको आयोजनामा पूर्वी नेपालको इलाममा हुने तेश्रो अन्तराष्ट्रिय आमन्त्रण नेपाल कप फुटबल प्रतियोगिताको लागि मकवानपुर ११ को टिम घोषँणा गरिएको छ । प्रतियोगितामा सहभागिता जनाउनको लागि केहि दिन अघि सम्पन्न जिल्ला लिग फुटबलमा सहभागिता जनाएर उच्च प्रर्दशन गरेका खेलाडीहरु छनौँट गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । प्रतियोगिताको लागि गोलरक्षक अशोक बरालको कप्तान रहने गरि मनोज बिष्ट, सुरज बिष्ट, अनुराग लामिछाने, विमल पाण्डे, सुमन थापा, अमन राई, सुनिल मल्ल, सुमन छुमी लामा, विमल घलान, गणेश राई, सुशान्त लामा, नैतिक थापा, तारा नेगी, रवि थिङ, रवि भण्डारी, बीके लामा र मनोज घलान छन् लाई छनौट गरिएको छ । प्रतियोगितामा मकवानपुरले आगामी बैशाख २१ गते आयोजक इलाम ११ र भारतको कालिङपुङ फुटबल क्लबको विजेतासँग प्रतिस्पर्धा गर्ने जनाईएको छ । मकवानपुरको टोलीमा प्रशिक्षकमा विजयलाल श्रेष्ठ र व्यवस्थापकमा सुवास घिसि· छन् ।