'गरिखानेको संगठन आवश्यक'

 हेटौंडा/नयाँ शक्ति निकट मजदुर संगठनका वक्ताहरुले आज १२७ औं मइ दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा मागिखानेको विरुद्ध गरिखानेको संगठन आवश्यक रहेको औल्याएका छन । नेपाल समाजवाद ट्रेड यनियन महासंघ मकवानपुरले १२७ औं मइ दिवसको अवसरमा हेटौंडामा गरेको एक शुभकामना आदान प्रदान एवम अन्तक्रिया काार्यक्रममा फरका खालको बैकल्पिक ट्रेड युनियनको आवश्यकता रहेको समेत बताए । 

कार्यक्रममा नयाँ शक्ति नेपाल केन्द्रिय आमन्त्रित सचिवालय सदस्य सोनाम सिं स्याङतानले मजदुरलाई नीति निर्माण गर्ने तहमा लैजान आवश्यक रहेको बताए । त्यसपछि श्रमिकले आफ्नो हक अधिकारलाई कार्यान्वयन गर्न सक्ने भन्दै श्रम गर्ने सबालमा मालिक र मजदुर विचको भिन्नता नहुने स्याङतानले बताए । 

नयाँ शक्ति नेपालका अन्तरमि जिल्ला संयोजक प्रल्हाद लामिछानेले हरेक पार्टी मजदुरमैत्री हुनु जरुरी रहेको बताए । “चाहे त्यो किसान मजदुर होस, या निर्माण मजदुर होस, सबै मजदरलाई बाँच्न सक्ने ज्याला राज्यले दिनु पर्छ” लामिछानेको जोड थियो । 

नेपाल समाजवादी ट्रेड युनियन महासंघका केन्द्रिय सचिवालय सदस्य रामशरण घिमिरेले मजदुरको विजय उत्सवको दिन भएता पनि विगतमा श्रमिकहरुलाई गरेको गद्दारी पुँजीपतीवर्ग विलय हुने वादको विरुद्ध लाग्न सबै मजदुरलाई आव्हान गर्नुभयो । घिमिरेले श्रमिकको पक्षमा कलात्मक रचनात्मक ढंगका फरक तरिकाले मजदुरको आवाज बुलन्द यस संगठनले गर्नेमा विश्वस्त रहन आग्रह गरे । कार्यक्रममा मजदुर नेताहरु ज्ञानेन्द्र लामिछाने, भक्तबहादुर केसी लगायतकाले मई दिवसको सफलताको मन्तव्य दिएका थिए । 

कार्यक्रममा निबन्ध लामा, विवेक वाइवा, शेरबहादुर पहरी, डिबि थापा, मिहिनबहादुर लामा लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित मजदुरहरुले आफ्ना तलबमा कम, भलाइ कोष कट्टी, तलब बृद्धिदर लगायतका समस्या सहित इ रिक्साका समस्याका बारेमा रहेको प्रश्नलाई स्यााङतानले प्रष्ट पारेका थिए । 

All news in One Place