जिल्ला लिग उपविजेता हाम्रो सृजनशिल समाजलाई नगद सहित सम्मान

धर्मेन्द्र दाहाल
हेटौँडा/एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता २०७२ मा पहिलो सहभागितामानै उपविजेता भएको पुर्वी मकवानपुरको फापरबारी स्थित हाम्रो सृजनशिल समाजका खेलाडी तथा प्रशिक्षकलाई एमालेको यूवा संघ नेपाल तथा हाम्रो सृजनशिल समाजले नगद सहित सम्मान गरेको छ । 
ग्रामिण भेगबाट जिल्ला लिग फुटबलमा प्रतिनिधित्व गरेर सिमित श्रोत र साधनको भरमा पनि लिग उपविजेता बनेको भन्दै यूवा संघ नेपाल फापरबारी गाउँ कमिटी तथा हाम्रो सृजनशिल समाजले सम्मान गरेको हो । युवा संघले सम्मानपत्र सहित खेलाडी, प्रशिक्षक तथा टिम ब्यवस्थापकलाई सम्मान गरेको हो । कार्यक्रममा एमाले मकवानपुरका नेता अणराज जर्गा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा युवा संघ नेपालका जिल्ला उपाध्यक्ष किरणमान बलको उपस्थिती रहेको थियो। सम्मान कार्यक्रम युवा संघ फापरबारीका अध्यक्ष दिपेश परियारको अध्यक्षतामा भएको हो ।
त्यसैगरी हाम्रो सृजनशिल समाजले प्रत्येक विजयी खेलाडीलाई प्रोत्साहन स्वरुप नगद १ हजार सहित सम्मान गरेको हो । सस्थाका अध्यक्ष खेमराज जर्गाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनता उच्च माविका प्राचार्य अशोक कुमार यादव, इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख जयनारायण यादाव लगाएतको सहभागिता रहेको थियो । सम्मान पश्चात प्रतिक्रिया दिँदै हाम्रो सृजनशिल समाजका टिम कोच रामबहादुर डिमडुमले गाउँ स्तरबाट प्राप्त सम्मानले आफुहरुलाई थप प्रेरणा र हौसला मिलेको बताए ।

All news in One Place