नगर कपको लागि वडा नं ४ को टिम घोषणा

हेटौँडा/आउँदो बैशाख २४ गतेबाट हुने दोश्रो नगरकप फुटबलको लागि हेटौँडा ४ को टिम घोषणा भएको छ । टिम म्यानेजर विमल टोनीका अनुसार १८ जना खेलाडीको अन्तिम टुङ्गो लागेको हो । भिम लामाको कप्तानीमा टिमको अन्तिम छनौट गरिएको श्रेष्ठले बताए । खेलाडीहरुमा भिम लामा (क्याप्टेन) मनोज लामा, भिमबहादुर श्रेष्ठ, निरजसिंह ठकुरी, सुरज लामा, रवि भण्डारी, शनि भण्डारी, रोहनबल लामा, सन्देश विष्ट, पाल्देन लामा,  आशिस मामन्धर, इरोज थापा, सुन्दर गोले, शशिल देउला, सन्दीप ढकाल, शिवम गुरुङ, अनिश देउला र शलिम देउला रहेका छन् । टिमकोच लवराज ठकुरी रहेको छन भने टिम म्यानेजरमा टोनी रहेका छन् । यो वर्ष नगर कप कब्जा गर्ने लक्ष सहित मैदानमा उत्रने म्यानेजर टोनीले बताए

All news in One Place