जनताको सुखःदुख आफ्नो चासोको विषय : गणेश थापा


हेटौँडा/राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता तथा सांसद गणेश थापाले मकवानपुरको विकास निर्माण र मकवानपुरे जनाताको सुखःदुखनै आफ्नो चासो र महत्वको विषय भएको बताएका छन् । आइतबार  हेटौंडा ६ नम्वर र १९,२०,२१,२२ नम्बर  जोड्ने पक्की पुलकोे विषयमा स्थानीयसँग छलफल गर्दै थापाले सवै राजनैतिक दल र नेता हरुले विकास लाइ प्राथमिकता दिनुपर्ने बताए । थापाले आफुहरुको पहलमा ३ करोड लागत बरावरमा पुल निर्माण गर्न लागिएको कुरा स्थानीय जनतालाई जानकारी गराएका थिए । थापाले  आफुले राजनीतिलाई समाज सेवाको रुपमा लिएको स्पष्ट पर्दै  राप्रपा नेपालले विकास निर्माणमा नेतृत्वदायी भुमिका निर्वाह गर्नेु पर्ने बताए ।
यसैविच सांसद थापाले गढी गाविस ३ र आमभञ्ज्याङ ८ जोड्ने करिब १ करोड लागतमा निर्माण हुने १८० मिटर बराबरको झोलुङेपुलको सर्भे कार्यक्रममा पनि सहभागी भएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । कार्यक्रम स्थल बाँसबारीमा सहभागि हुदैै थापाले मकवानपुरले जनताको अनुहारमा हासो खुसी देखिए आफ्नो राजनीति पुर्ण हुने भन्दै बताए ।

All news in One Place