नामटारमा एम्बुलेन्स ल्याईदिने गणेश थापाको घोषणा
हेटौँडा/ राप्रपा नेपालका नेता तथा सांसद गणेश थापाले मकवानपुरको उत्तरी नामटार गासिवसको लागि एक थान एम्बुलेन्स ल्याईदिने घोषणा गरेका छन् । सोमबार नामटारमा भएको कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
आफ्नो राजनीति जनताको सेवाको लागि
हुने भन्दै थापाले ग्रामिण जनताहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस र एम्बुलेन्सको अभावमा अकालमा ज्यान गुमाउन नपरोस भन्दै आफ्नो पहलमा एम्बुलेन्स खरिद गरि नामटारवासीलाई दिने बताए ।
उनले नामटारमा एम्बुलेन्स ल्याएपछि जिल्लाका थप ५ ग्रामिण बवस्तीहरुमा एम्बुलेन्स ल्याउन पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । नामटार गाविस सचिव रामु रीजालको अध्यक्षता भएको कार्यक्रममा राप्रपा नेपाल नामटार पुर्व गाविस अध्यक्ष खड्ग वहादुर लामा , नेपाली काग्रेस गाउँ कमिटी अध्यक्ष रामकृष्ण थापा ,एमाले नामटारका रामहरी पराजुली,एकिकृत माओवादि नामटार अध्यक्ष मदन वर्तौला लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
यसैबिच राट्रिय प्रजातान्त्रीक युवक संगठन नेपाल मकवानपुर भैसे गाविस अध्यक्षमा औतार लामा चयन भएका छन् । सोमबार भएको भेले लामाको अध्यक्षतामा ९ सदस्य कमिटि गठन गरेको हो । त्यस्तै भेलाले राट्रिय प्रजातन्त्रीक महिला संगठन नेपाल भैसे गाउँ कमिटि पनि गठन गरेको छ । रेनु परीयारको अध्यक्षता ८ सदस्य भैसे गाँउ कमिटी गठन गरीएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । कार्यक्रमा राट्रिय प्रजातन्त्र पार्टि मकवानपुर जिल्ला अध्यक्ष नवराज विष्ठ ,वरीष्ठ उपाध्यक्ष रामहरी न्यौपाने, जिल्ला उपाध्यक्ष शिवराम थापा, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, युवक संगठन जिल्ला अध्यक्ष अर्जुन ढंगाना लगाएतको आतिथ्यता रहेको थियो ।