जाली भर्ने र चेक ड्याम निर्माण गर्ने भएपछि सहमति
हेटौँडा/हेटौडाको हटियामा रहेको शिवम सिमेन्ट उद्योग र चुनढुंङगा खानी पिडीतहरुबिच आमभन्ज्याङ गाबिस वडा नंम्बर ७ तीन घाट देखि ठुलो बेसी सम्म ४ सय थान जाली भर्ने र सोही स्थानमा ६० मिटरको कंक्रिट ढलानबाट ड्याम तयार पार्ने सहमति भएको छ । मकवानपुरको सुकौरामा शिवम सिमेन्ट उद्योगले संचालन गरेको चुनढुंङगा खानी पिडीत स्थानिय वासिन्दाहरुले राखेका मागहरुलाई संबोधन गर्नेभएपछि सबै आन्दोलनको कार्यक्रम फिर्ता भएको हो ।
आइतबार दिनभर सहमतिको प्रयास गरिएपनि साझमात्र सहमतिमा पुगेको खानी पिडीत वान्दिाहरुमा सहमती भएको स्थानिय बस्ति संरक्षण समितिका संयोजक टिका दाहालले बताए । । पटक पटक भएका आन्दोलनपश्चा गत चैत्रबाट कडा आन्दोलन गरिएको र आइतबार भएको सहमतिले
बस्ती संरक्षण्मा विशेष महत्व राख्ने दाहालले बताए ।
सहमती भएसंगै सोमबारबाट शिवम सिमेन्ट उद्योगले सुकौराको खानीबाट चुनढंङगा पनि ल्याउन पाउने भएको छ । स्थानिय वासिन्दाहरु र शिवम सिमेन्ट उद्योगबिच हेटौडा रिसोर्टमा भएको दिनभरको बार्तापछी तारजाली भर्ने, चेकड्याम निर्माण गर्ने काम तत्काल सुरु गर्ने सहमती भएको शिवम सिमेन्ट उद्योगका एजिएम दिलबहादुर थापाले बताए । ब्याबस्थापीका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उद्योग उपसमितिका प्राबिधीकहरुले छ महिना अगाढी जथाभाबि रुपमा खानी संचालन गर्दा त्हाँका धेरै परिवार जोखिममा परेको भन्दै ब्यबस्थित गर्न निर्देशन दिएपनि त्यसको अटेर गर्दै शिबमले खानी संचालन गरेर खानी संचालन गरेको भन्दै आन्दोलनमा उत्रिएका थिए ् । शिबमको खानीका कारण मकवानपुरको सुकौरा, गढी, आमभन्ज्याङ र बुढीचौर गाबिसका हजारौ परिवार खानीको जोखिममा परेर बर्षायाममा भाग्नुपर्ने बाध्यता भएपछी फेरी आन्दोलनमा उत्रिएका थिए ।
शिवमको चुनढुंङगा खानीका कारण बर्षायाममा भाग्नुपर्ने समस्या भएपछी उनिहरुले खानीलाइृ ब्यबस्थित ढंगले संचालन गर्नका लागि माग गर्दै आन्दोलन सुरु गरेका थिए ।