इन्टरनेट, हाम्रो सृजनशिल समाज फापरबारी तथा ७ नंबर क्वाटरफाईनलमा
हेटौँडा/हेटौँडामा जारी जिल्ला लिग फुटबल अन्र्तगत आइतबार भएका खेलहरुबाट एफसी इन्टरनेट, हाम्रो सृजनशिल समाज फापरबारी तथा ७ नंबर फुटबल टिमले क्वाटरफाईनलमा स्थान बनाएको छ । वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा भएको पहिलो खेलमा विजयी हुँदै हेटौँडाको एफसी इन्टरनेटले हटिया स्पोर्टस् एकेडेमीलाई १–० को झिनो अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएको हो । इन्टरेटको लागि खेलको चौथो मिनेटमा गणेश राईले गरेको गोल नै विजयी गोल बन्यो । राई नै म्यान अफ द म्याच समेत भए । समुह ‘डि’बाट क्वाटरफाईनलमा प्रबेश गरेको इन्टरनेटले अब प्रतिभासँग क्वाटरफाईनलमा प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
आइतबारनै भएको दोश्रो खेलमा हाम्रो सृजनशिल समाज फापरबारी र पदमपोखरी सिटीको खेल गोल रहित बराबरीमा सकिएको छ । बराबरीमा सकिएपछि ४ अंक सहित फापरबारी क्वाटरफाईनलमा प्रबेश गरेको छ । फापरबारीले क्वाटरर्फानलमा ७ नंबर फुटबल टिमको सामना गर्नुपर्ने भएको छ । प्रतियोगिताम फापरबारीका अमन राई म्यान अफ द म्याच भए । त्यस्तै आइतबारनै भएको तेश्रो खेलमा सात नंबर फुटबल टिम र हेटौँडा सिटीले बराबरी खेल्दा ७ नंबर क्वाटरफाईनल प्रबेश गरेको छ । क्वाटरफाईनलमा उसले अव फापरबारीको समाना गर्नुपर्ने छ । लिग चरणको अन्तिम खेलहरु सोमबार हुने भएका छन् । सोमबार हुने पहिलो खेलमा एफसी मल्टिभिजनले इन्टरनेट सिटीको सामना गर्दा दोश्रो खेलमा छतिवन खेलकुद विकास समिती र जिवनआदर्श युवा क्लवको भिडन्त हुने भएको छ ।
