धर्मेन्द्र दाहाल
हेटौँडा/हेटौँडामा जारी जिल्ला लिग फुटबलमा छतिवन खेलकुद विकास समिती र हेटौँडाका सिटी इन्टरनेटले क्वाटरफाइनलान स्थान बनाएका छन् । सोमबार भएको पहिला खेलमा हेटौँडाको एफसी मल्टिभिजनसँग १–१ को बराबरी खेल्दै इन्टरनेट सिटीले क्वाटरफाईनलमा स्थान बनाएको हो । खेलमा इन्टरनेटको लागि मनोज लामाले १ गोल गर्दै टिमलाई १–० को जित तर्फ अघि बढाएपनि मल्टिभिजनले अन्तिम समयमा प्रकाश श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए । बराबरीको नतिजासँगै सिटी ४ अंकको साथ क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । खेलमा सिटीका मनोज लामा म्यान अफ द म्याच भए ।
सोबारनै भएको दोश्रो खेलमा छतिवन खेलकुद विकास समितीले शिखरकटेरीको जिवन दर्शन युवालाई ३–० गोल अन्र्तरले पराजित गर्दै क्वाटरफाईनल प्रबेश गरेको । निकै आक्रमक खेल खेलेको छतिवनको लागि सुरुवाती अग्रता खेलको ३१ औ मिनेटमा तारा नेगीले गोल गर्दै गरे । पहिलो हाफमा १–० ले अघि रहेको छतिवनको लागि वाँकी २ गोल भने दोश्रो हाफमा मात्र संभब भयो । खेलको ३९ औ मिनेटमा छतिवनको लागि यूवराज ब्लोनले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए भने खेलको ५१ औ मिनेटमा ताराले ब्यक्तिगत दोश्रो तथा टिमको लागि तेश्रो गोल गर्दै टिमलाई ३–० को जित दिलाए । खेलमा छतिवनमा गोल किपर सुनिल घलान म्यान अफ द म्याच भए । प्रतियोगितामा अब छतिवनले इन्टरनेट सिटीसँग क्वाटरफाईनमा भिडने भएको छ ।