जिल्ला लिगमा पोतालाको रबाफ इन्टरनेटद्वारा प्रतिभा पराजित

धर्मेन्द्र दाहाल
हेटौँडा/जिल्ला लिग फुटबलको पहिलो क्वाटरफाईनल खेलहरुमा विजयी हुँदै डिफेन्डीङ च्याम्पियन एफसी पोताला तथा गत वर्षको उपविजेता एफसी इन्टरनेट सेमिफाईनलमा प्रबेश गरेका छन् ।
मंगलबार वनविज्ञान अध्ययन सस्थानको खेल मैदान हेटौँडामा भएको पहिलो खेलमा एफसी पोतालाले छिमेकी गोर्खा ब्वाईज लाई ४–० को फराकिलो अन्र्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो । गोर्खा ब्वाईजसामु रवाफिलो प्रर्दशन गरेको  पोतालाको लागि मनोज लामामले खेलको ३१ औ मिनेटमा पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।
खेल अधिकांश समय आफ्नो नियन्त्रणमा लिएको पोतालाको लागि दोश्रो गोल पनि मनोजकै नाममा रह्यो । उनले खेलको ३६ औ मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । हाफ २–० ले अघि रहेको पोतालाको लागि दोश्रो हाफ पनि उत्तिकै सफल बन्यो । दोश्रो हाफमा पनि उत्कृष्ठ प्रर्दशन गरेको पोतालाको लागि विके लामाले ४१ औ मिनेट गाल गर्दा पोतालाकै  सुरज विष्टले ४३ मिनेटमा गोल गर्दै टिमलाई ४–० को सहज जित दिलाए । खेलमा विमल घलान म्यान अफ द म्याच भए । खेल पश्चात प्रतिक्रिया दिँदै पोतालाका टिम कोच राजु विष्टले आफुहरुले सोचे अनुसार खेलाडीहरुले प्रर्दशन गरेको बताए ।
बुधबारनै भएको दोश्रो क्वाटरफाईनलमा एफसी इन्टरनेटले प्रतिभा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको छ । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोश्रो हाफमा भने इन्टरनेट सफल बन्दा प्रतिभा बाहिरन पुग्यो ।
प्रतिभाको गोल रक्षक पुष्पराज पुडासैनीको गम्भिर गल्तीको फाईदा उठाउँदै इन्टरनेटका सुमन थापामगरले खेलको ५३ औ मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा ६३ औ मिनेटमा इन्टरनेटका शुसान्त लामाले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । गोल पोष्टमा निकै कमजोर देखिएको प्रतिभाले पुन थामा मार्फत ६३ औ मिनेटमा तेश्रो गोल खायो । यो सँगै पोतला ३–० ले विजयी बन्यो । खेलमा इन्टरनेटका थापा म्यान अफ द म्याच भए ।  अब इन्टरनेटले सेमिफाईनलमा पोतालको सामना गर्नुपर्ने भएको छ ।

All news in One Place