एफसी पोताला र हाम्रो सृजनशिल समाज फापरबारी फाईनलमा
हेटौँडा/लगातार चौथो पटक जिल्ला लिगको उपाधि जित्ने अभियानमा रहेको एफसी पोताला जिल्ला लिग फुटबल २०७२ को उपाधि नजिग पुगेको छ । गत वर्षको उपविजेता एफसी इन्टरनेटलाई यो वर्ष सेमिफाईनलमानै ३–० ले पराजित गर्दै पोताला यो वर्ष लगातार चौथो पटक फाईनलमा प्रबेश गरेको छ ।
बिहिबार हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा एफसी इन्टरनेटलाई पराजित गर्दै फाइनल यात्रा तय गर्दा अर्को सेमिफाइनलमा पनि सिटी इन्टरनेटलाई पराजित गर्दै हाम्रो सृजनशिल समाज फापरबारी पहिलो पटक लिगको फाईलनमा पुगेको छ ।
बिहिबार भएको पहिलो सेमिफाईनलमा विके लामाले खेलको नवौ मिनेटमा गोल गर्दै पोतालालाई १–० ले अग्रता दिलाए । लिगमा सर्वाधिक सात गोल गर्ने क्रममा उनले निकै उत्कृष्ट गोल गरेका थिए । उत्कृष्ट गोल गरेका लामालाई दर्शक सहदेव लामाले १ हजार रुपैँया नगद समेत दिएका थिए । निकै उत्कष्ट खेल प्रस्तुत गरेको पोतालले गोल गर्ने २ वटा सुनौलो अवसरको सदुपयोग गर्न नसक्दा पहिलो हाफ १ –० मा नै सिमित बन्यो ।
१–० ले अघि रहेको इन्टरनेटको लागि दोश्रो गोल भने पेनाल्टी मार्फत संभव भयो । दोश्रो हाफमा ‘डि–एरिया’ भित्र पोतालाको खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै पोतालाका निकै अनुभवी खेलाडी भिम लामाले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । दुबै तर्फबाट गोल गर्ने अनेकौ प्रयास बावजुत पनि पोताला भने गोल गर्न सक्षम भैरहेका थिए । प्रतिस्पर्धात्मक खेलमा तेश्रो गोल भने खेलको ६२ औ मिनेटमा संभव भयो । विमल घलानले पोताला रक्षक अशोक बरालले पञ्च गरेको बललाई सदुपयोग गर्दै गोल गरेपछि पोताला लगातार चौथो पटक लिग उपाधि नजिग पुगेको हो । खेलमा निकै उत्कृष्ट प्रर्दशन गरेका पोताला रक्षक विमल पाण्डे म्यान अफ द म्याच भए ।
शुक्रबारनै भएको दोश्रो सेमिफाईनलमा पहिलो पटक लिगमा सहभागिता जनाएको हाम्रो सृजनशिल समाज फापरबारी फाईनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको चौथो मिनेटमानै फापरबारीका बाबुराम माझीले गोल गरेपछि निकै दबावमा आएको सिटी इन्टरनेटले गोल गर्ने अवसर सृजना गरेपनि गोल नभएपछि टिम फापरबारी १–० ले विजयी बन्यो । निकै तनावपूर्ण खेलमा दुबै पक्षले गोल गर्ने मौका प्राप्त गरेपनि गोल भएन् । दोश्रो हाफमा निकै आक्रमक खेल पस्केको दुबै टोलीले गोल गर्न भने सफल बनेनन् । पूर्ण खेल अबधिभर फापरबारी १–० गोलअन्तरले विजयी बन्दै फाईनल प्रबेश गरेको हो । खेलमा फापरबारीका बाबुरामनै म्यान अफ द म्याच भए । अब फापरबारीले शनिबार हुने फाईनलमा एफसी पोतालाको सामाना गर्नेछ ।