सहकारी अब उत्पादनको क्षेत्रमा अघि बढनुपर्ने

हेटौँडा/केन्द्रीय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कंडेलल नेपालको सहकारी अब उत्पादको क्षेत्रमा क्रियाशिल हुनुपर्ने बताएका छन् । सहकारीले बैंकको अबधारणामा ऋण लगानी तथा बचत मात्र गर्ने काममा ध्यान दिन नहुने भन्दै अब आम नागरिकको रोजगारी तथा देशलाई आर्थिक उन्नतीतर्फ अग्रसर गराउन पनि सहकारीले उद्योग कलकारखनाको क्षेत्रमा लगानि गर्नुपर्ने बताए ।

५९ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौँडामा भएको कार्यक्रममा बोल्दै उनले सहकारीको माध्यमबाट विश्वमा धेरै देशहरुले ठुलो प्रगति गरेको बताए । अहिलेको अबस्थामा साना साना सहकारीहरु स्थापना हुने भन्दा पनि सहकारी संस्थाहरु मर्ज भएर काम गर्ने बेला आएकोमा उनले जोड दिए  । 
कार्यक्रममा बोल्दै केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारीले उद्योग, कलकारखाना खोलेर काम गर्नुपर्ने बताए । सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गरेर काम गर्नुपर्ने बेला आएको उनको भनाई रहेको छ ।  जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहाँनगरपालिकाका कार्यकारी अधिकृत सुदेब पोख्रेल, नेपाली काग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विक, राप्रपा मकवानपुरका सितारम बतौला, जिल्ला बचत तथा ऋणसहकारी संघ मकवानपुरकी अध्यक्ष राधा सिन्तान, महिला बिकास कार्यालय मकवानपुरकी प्रमुख सोभा साह, ग्रामिण महिला सेवा केन्द्र मकवानपुरकी अध्यक्ष सर्मिला श्रेष्ठ लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।  दिवसको अवसरमा डिभिजन सहकारी कार्यालयको तर्फबाट प्रमुख तिलकराम पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सुरुहुनु अघि डिभिजन सहकारीबाट ¥याली निकालीएको थियो ।

All news in One Place