ओलीको चिन भ्रमण सफलः भट्टराई
हेटौँडा/नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले प्रधामन्त्री केपी ओलीको चिन भ्रमण निकै सफल भएको बताएका छन् । नेकपा एमाले क्षेत्र १ को आयोजनामा छतिवनमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण नेपालको विकासको लागि कोषेढुङ्गा हुने समेत बताए ।
कार्यक्रममा बोल्दै सचिव भट्टराईले एमालेको नेतृत्वको सरकारले अव विकासमैत्री योजनाहरु सुरु गर्ने दाबी समेत गरेका छन् । तराईको समस्याको विषयमा बोल्दै उनले भने ः मधेशको अधिकांश मागहरु संवोधन भैसकेको छ, तर अझ पनि भारतको चलखेलको कारण समस्या थपिएको हो ।’ आफ्नो देशको समस्यालाई समधान गर्न नसक्ने भारतले अरुको आन्तरिक मामिलालाई विश्वब्यापी फैल्याउन खोज्नु मुखर्ता भएको बताए ।
नेपालमा जारी भएको संविधान विश्वकै सबैभन्दा लोकतान्त्रिक तथा लोकप्रिय संविधान भएको बताउँदै उनले अब नेपालले आर्थिक विकासमा ध्यान दिने बताए । पार्टीको आन्तरिक विवादको विषयमा कार्यकर्तालाई स्पष्ठ पार्दै उनले भने ‘लोकतन्त्रमा विश्वास राख्ने पार्टीका एक, दुई विचार हुनु स्वभाविक हो, यसले पार्टीको आन्तरिक एकतालाई खलल हैन थप मजबुत बनाउछ ।’
नेकपा एमाले क्षेत्र नं १ का अध्यक्ष नारायण तिमल्सीनाको अध्यक्षतामा भएको कार्याक्रममा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठ, क्षेत्रीय इन्चार्ज कमल विष्ट लगाएतको आतिथ्यता रहेको थियो