नयाँ वर्षमा पाथीभराको शुभकामना कार्यक्रम तथा छात्रवृत्ति प्रदान

थाहा नगरपालिका वडा नंबर ४ मा रहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । १० वर्ष अघि स्थापना भएको सहकारीको स्थापना दिवसको अवसरमा आफ्ना गरिब तथा जेन्दार १० बाल जना सदस्यहरुलाई छात्रवृत्ति स्वरुप स्टेशनरी र विद्यालय पोशाक वितरण गरिएको छ । 


थाहा नगरपालिका वडा नंबर ४ का वडा नागरिक मञ्चका संयोजक कृष्णमाया केसीको प्रमुख आतिथ्यमा भएको वार्षिक उत्सव, छात्रवृत्ति वितरण तथा शुभकामना आर्दान प्रदान कार्यक्रममा पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक सदस्यहरु, पूर्व अध्यक्ष जीवन कुमार बस्नेत, नवराज विष्ट, सहकारीका सचिव रामकुमा कार्की लगायतकाको उपस्थिती रहेको थियो । संस्थाका लेखापाल श्याम तामाङले संचालन गरेको कार्यक्रममा व्यवस्थापक राजाराम कार्की, कार्यालय सहायक पवित्रा अधिकारी विष्ट, समूह संचालक सीता कार्की लगायत उपस्थित थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका मध्यमाञ्चल संयोजक कुमार नेगी, पत्रकारहरु देवराज पन्त, सुरजकुमार भुजेल, रुद्र तिमल्सीना लगायतकाले शुभकामना मन्तव्इ व्यक्त गरेका थिए । पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित अतिथिहरुले नयाँ वर्ष २०७३ सालको अवसरमा शुभकामना आर्दानप्रदान गरेका थिए । 

All news in One Place