मकवानपुर आइडलको उपाधि दिपराजलाई

थाहा कला केन्द्र मकवानपुरको आयोजनामा एक वर्ष अघिबाट शुरु भएको मकवानपुर आइडलको उपाधि दिपराज केसीले हात पारेका छन् । केसीले ३ सय ४६ जना स्थानीय गायकलाई पछि पार्दै  उपाधि हासिल गरेका हुन् । उनले नगद ६० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएकाछन् । प्रतियोगितामा मकवानपुरको दुर्गम गोगने गाविसका कालिराज मकवानपुर आइडलमा दोस्रो भएकाछन् । उनले ३० हजार रुपियाँ नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र पाएकाछन् । प्रतियोगितामा पालुङका सरोज प्रधान दोस्रो भएका छन् । उनले नगद २० हजार नगद पुरस्कार पाएकाछन् । त्यस्तै प्रतियोगिताको सान्त्वना विनिसा घिमिरे भएकी छिन् ।
प्रतियोगितामा ‘भ्वाइस अफ लेडी’ सृजना कपाली घोषित भएकी छिन् । गायक जेबी टुहुरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चलचित्र निर्देशक शोभित बस्नेत, साहित्यकार लक्ष्मण बर्तौला ‘विर्खे अञ्जान’, समाजसेवी शुभराज गोले, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगरलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।


थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रमको मुख्य प्रवद्र्धक थाहा नगरपालिका रहेको थियो । 


All news in One Place