चलचित्र निर्माता निर्देशक सम्मानित

मकवानपुरको थाहा कला केन्द्रले चलचित्र निर्माता तथा निर्देशक शोभित बस्नेतलाई सम्मान गरेको छ । चलचित्रको माध्यमबाट मकवानपुर तथा मुलुकलाई नै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनको लागि योगदान गरेको भन्दै बस्नेतलाई सम्मान गरिएको हो ।
बस्नेतले ३० वटा चलचित्र निर्माण गरिसकेका छन् भने तीन दर्जन बढि नेपाली चलचित्रहरुमा अभिनय गरिसकेका छन् । ग्रामिण क्षेत्रको प्रचार र यथार्थलाई आफ्नो चलचित्रमा समेट्ने निर्माता बस्नेतले आफू सम्मानित हुनुलाई चलचित्र क्षेत्रको विकासको लागि उत्साह थपेको भनेकाछन् । उनले सम्मानले आफूलाई काम गर्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिएकाछन् । 
मकवानपुर आइडल घोषणा कार्यक्रमको अवसरमा थाहा कला केन्द्रले नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर, साहित्यकार लक्ष्मण बर्तौला ‘बिर्खे अन्जान’, समाजसेवी शुभराज गोले, खेलाडी हरि गोलेलाई पनि सम्मान गरेको छ । 
कार्यक्रमा स्थानिय लोक गायक मुक्तिनाथ उप्रेती, थाहा कला केन्द्रका कलाकारहरु लगायतले भव्य साँस्कृतिक कार्यक्रम समेत गरेका थिए । कार्यक्रममा कलाकारहरुलाई सँधै सम्मान गरी स्थानीय कलाकार उत्पादनमा दृढ रहेको कला केन्द्रका अध्यक्ष तथा मकवानपुर आईडलका संयोजक सानोबाबु मुक्तान बताए । 

All news in One Place