को बन्ला मकवानपुर आईडल ?

मकवानपुर थाहा नगरपालिका वडा नंबर ७ डाँडागाउँका दिपराज केसी २०७३ वैशाख १ गते छिनोफानो हुने मकवानपुर आइडलका दश उत्कृष्ट सहभागी मध्येका एक प्रतिस्पर्धी हुन् । मकवानपुर आइडल छनौंट थाहा कला केन्द्रको आयोजनामा गत भदौ ३ गतेबाट अडिसन शुरु गरेको थियो । हेटौंडामा भएको औद्योगिक व्यापार मेलामा हेटौंडा आइडल भइसकेका दिपराज अब मकवानपुर आइडलको उपाधि हात पार्ने कोशिसमा छन् । डाँडागाउँमा जन्मेका दिपराज सामान्य परिवारमा हुर्केका व्यक्ति     हुन् । गायनमा रुचि राख्ने उनी लगनशिल युवा हुन् । उनी घर छेवैको जनकल्याण उच्च माविमा कक्षा १० मा अध्यनरत छन् । थाहानगरको गोपाली गाँउमा भएको अडिसनबाट पहिलो पटक केसी छनोट भएका   हुन् । थाहानगरमा भएको थाहा महोत्सवमा आयोजित  थाहा आइडलमा द्धितीय भएका केसी स्थानीय गायक जस्तै भएकाछन् । मध्यम वर्गिय      परिवारमा हुर्केका केसीलाई मकवानपुर आईडल बन्नेमा ठूलो विश्वास छ । उनी दिनरात नभनी  मिहिनत गरिरहेका छन् ।
 केसी जस्तै मकवानपुरको दुर्गम गोगने गाविस वडा नंबर १ एकान्तवस्तीका दिपक कालिराज १६ वर्षका भए । कृष्ण निमावि गोगने २ बाट शुरुवात गरेको शैक्षिक यात्रा आग्रा गाविसकमा रहेको सुन्दरी देवी माविबाट एसएलसी       परीक्षाका सहभागी हुन् । शिक्षासंगै गायन क्षेत्रमा रुची राख्ने कालिराज मकवानपुर आईडलको नतिजाको पखाईमा छन् । उनी आफू मकवानपुर आइडल हुनेमा ढुक्क छन् । दिपक कृष्णा कालिराज र देवकी कालिराज दम्पतीका कान्छो      छोरा हुन् । विद्यालयका विभिन्न     अतिरिक्त क्रियाकलापमा आफ्नो कला प्रष्फुटनमा अघि सर्ने उनी मकवानपुर आइडलमा पनि मन जित्ने विश्वास व्यक्त गर्दछन् । उनी पालुङ जेसिजको अयोजना थाहानगरमा भएको धर्मलाल एकल गायन प्रतियोगितामा सान्त्वना भएका थिए । विभिन्न प्रतियोगिताहरुमा राम्रो भन्दा नि हाम्रो भन्ने परम्पराले जगडेको अवस्थामा यस प्रतियोगितामा यस्तो कार्य नहुनेमा विश्वस्त छन् । कालीराज गोगने ९ पकनेको व्यास माविमा भएको अडिसनबाट मकवानपुर आईडलको उत्कृष्ट दशमा पर्न सफल भएका हुन् ।
थाहा कला केन्द्रले आयोजना गरेको जिल्लस्तरीय गायन प्रतियोगितामा मकवानपुर आइडल बनेरै छाड्ने थाहा नगरपालिका वडा नंबर ५ फेदीगाउँकी विनिसा घिमिरेको अठोट छ । पालुङ दिपज्योति स्कूलमा कक्षा ५ मा पढ्दै    गरेकी घिमिरे गायनका लागि  निकै मिहिनेती गर्छिन् । पढाइमा पनि उस्तै लगनशिल र अनुसाशित छिन् । दश उत्कृष्ट मध्ये घिमिरे सबैभन्दा कान्छी सहभागी हुन् । मिजासिलो स्वाभाव भएकी उनी मकवानपुर आईडलमा निकै नै राम्रो दिएकै कारण उनी दश उत्कृष्टमा परेकी हुन् । 
   थाहा नगरपालिलका वडा नंबर १ का सरोज प्रधान मिहिनती व्यक्ति हुन् । ओखरबजारमा जन्मेका प्रधानको         परिवारमा चारजना छन  । राजेन्द्र प्रधान र सावित्री प्रधानको एक्लो छोरो सरोज सानैदेखि माइक जस्तै हातमा लठ्ठी राखेर गाउने अभ्यास गरिरहन्थे । जनकल्याण उच्च माविमा कक्षा १२ मा अध्ययनरत  गर्दै गरेका प्रधान पालुङमा भएको थाहा आईडलमा सान्त्वना भएका थिए । उनी थाहानगरको गोपालीगाँउमा भएको अडिसनबाट स्पर्धामा छनोट भएका हुन् । प्रधान मकवानपुर आईडल बनेर सबैमा देखाउने सोचका साथ अभ्यास गरिरहेको बताउँछन् । 
    थाहानगर बज्रवाराहीकै देवन्त गोपाली दश उत्कृष्ट मध्येका अरु जत्तिकै फुर्तिला सहभागी हुन् । यसपाली मात्रै बज्रबाराही उच्च माविबाट एसएलसी      परीक्षा दिएर नतिजा कुरिरहेका देवन्त मकवानपुर आईडल हात पारेरै छाड्ने बताउँछन् । वडा नंबर १२ कुन्छालमा वि.सं.२०५५ सालमा उनको जन्म भएको हो । आफूलाई संगितिक क्षेत्रमा चिनाउने लक्ष्य राखेर गोपाली सुरसाला आईडलमा पनि भाग लिएर आफ्नो प्रतिभालाई देखाइरहेका छन । उनलाई गायन क्षेत्रमा लाग्नका लागि घरपरिवारबाट राम्रो साथ मिलेको छ । 
   दश उत्कृष्ट मध्येका अर्का प्रतिभावान व्यक्तित्व हेटौंडाका सागर तिमल्सेना      हुन् । उनी असाध्यै मिहिनती यूवा हुन् । सानैदेखि गीत संगीतमा रम्ने, विभिन्न प्रतियोगितामा भाग लिन सागर अघि     सरिहाल्थे । जीवनमा गायनलाई सफल पार्दै अघि बढ्ने सोच राखेका तिमल्सेना हेटौडामा भएको अडिसनबाट छानिएका थिए । मकवानपुर आईडलको फाईनलमा पुग्न सफल भएका उनी मनैदेखि मकवानपुर आईडल कब्जा गर्ने विश्वास व्यक्त गर्दछन् । गौरी शंकर उच्च माविमा पढाउँछन् । घरपरिवारले समेत गीत संगीतलाई मन पराउने भएकोले आफूलाई निकै हौसला मिलेको बताउँछन् । 
    वाग्मती अञ्चलसंग सीमाना जोडिएको मकवानपुर टिस्टुङ गाविसकी सर्मिला स्याङ्तान पनि मकवानपुर आईडलकी अर्की दाबेदार प्रतिस्पर्धी हुन् । बज्रवाराही उच्च माविमा कक्षा १० मा अध्ययनरत् स्याङ्तान रेडियो सुन्दै मनपर्ने गितहरु अभ्यास गरिहाल्छिन् । उनी भन्छिन ‘मकवानपुर आइडल बन्न त्यति सजिलो त छैन तर मेरो मिहिनतले हात पार्छु ।’ अलि लजालु स्वाभाव भएकी उनी प्रतियोगिताहरुमा सहभागी हुँदा आमा बाबुको धेरै नै साथ पाइरहेको बताउँछिन् । मकवानपुर आइडल बन्न टिस्टुङबासीको माया असाध्यै पाएको उनको अनुभव छ । 
मकवानपुर चित्लाङकी सिर्जना कपालीले त उमङ्ग एलबममा स्वर दिइसकेकी छिन् । निर्धक्क गित गाउने सिर्जना मकवानपुर आइडल चित्लाङ बाहेक अन्त जानै नसक्ने ठोकुवा गर्छिन् । विद्यालयको कार्यक्रमहरुमा जहिल्यै अघि सर्ने सिर्जना अहिले पनि विद्यार्थी नै हुन् । चित्लाङको नाटेश्वारी मावि टौखेलमा १० कक्षामा अध्ययनरत सिर्जना कपाली भन्छिन् भोटले गर्दा केही फरक परेता पनि आफ्नो प्रस्तुतीबाटै सबैको मन जितेर मकवानपुर आइडल घोषणा भएरै छाड्ने       बताउँछिन् । सिर्जना कपालीले उमंग एल्वममा तिम्रो जिन्दगी आउँ लाग्यो भन्ने गीतमा आफ्नो स्वर दिइसकेकी छिन् । 
आफ्ना् बाबुको प्रेरणाबाट संगितिक क्षेत्रमा प्रवेश गरेकी थाहा नगरपालिका वडा नंबर ७ गोपालीगाउँकी विनिता गोपाली सानैदेखि विभिन्न प्रतियोगिताहरुमा भाग लिइरहन्थिन । विभिन्न सामाजिक काममा क्रियाशील जयराम गोपालीले आफुलाई मकवानपुर आईडलको लागि उत्साह       र थप प्रेरणा दिदै दिइरहेको विनिता बताउँछिन् । जनकल्याण उच्च माविमा कक्षा ८ मा अध्ययनरत् विनिता यतिखेर मकवानपुर आईडल बन्न भरपूर तयारीमा छिन् । उनी आफू मकवानपुर आइडल बन्ने विश्वस्त पनि छिन् । १४ वर्षीय विनिता पालुङ जेसीजले आयोजना गरेको धर्मलाल एकल गायन प्रतियोगितामा तृतीय भएकी थिइन् । 
   थाहानगरको घर्तिखोलामा जन्मेका    सुरज कार्की गायनमा औधिरुचि   राख्छन् । गाँस छोड्नु साथ नछोड्नु भनेजस्तै उनी गायनलाई आफूभन्दा बढि माया गर्छन् । अरुले गायका गितलाई माया गर्छन्, त्यसैमा अभ्यास गर्छन् । आफ्नो सीपलाई तिखार्न असाध्यै मिहिनत गर्छन् । साथीभाईलाई गीतबाट रमाइलो गराउर्दै हिँड्ने सुरज एक्लै बस्दा पनि गीत गुनगुनाइरहन्छन् । उनी विभिन्न प्रतियोगितामा भाग लिन कहिल्यै  छुटाउदैनन् । सुरज, बाबु ईन्द्रध्वज र आमा सानु मैयाँ कार्कीको छोरा हुन् । उनी वैदेशक रोजगारीको शिलशिलमा कतार पनि पुगे । भविष्यमा गायक बन्ने लक्ष्य सहित आफ्नै देश फर्केर आए र उनी आफ्नै देशमा पसिना बगाउने बताउँछन् । त्यो पनि गायन क्षेत्रमै । मिहेनतको साथ मकवानपुर आइडलका लागि तयारी गरिरहेको बताउने सुरज मेहनतको फल मिठो हुने बताउँछन् । ‘त्यो फल भनेको मकवानपुर आइडल   हो ।’ उनी थप्छन्–‘वैशाख १ गते म मकवानपुर आइडल बनेर सबैलाई देखाउनेछु ।’  


यस्तो छ पुरस्कार

थाहा कला केन्द्रको आयोजनामा भइरहेको मकवानपुर आइलको अन्तिम प्रतिस्पर्धा २०७३ वैशाख १ गते हुँदैछ । प्रतियोगिताका विजेताले रु. ६० हजार रुपियाँ नगद सहित शिल्ड मेडल तथा प्रमाापत्र पुरस्कार पाउनेछन् । 
   प्रतियोगितामा दोस्रो हुनेले रु.३० हजार, तेस्रो हुनेले रु.२० हजार र सान्त्वना हुनेले रु.५ हजार नगद सहित शिल्ड मेडल तथा प्रमाापत्र पुरस्कार पाउने आयोजक थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताए । प्रतियोगितामा प्रतिस्पर्धाबाट छानिएका १० उत्कृष्ट सबैलाई एक÷एक सेट मोबाइल पनि पुरस्कार व्यवस्था गरिएको छ । 
   कार्यक्रम वैशाख १ गते पालुङ जेसिजको सभाहलमा हुनेछ । २०७२ भदौ ३ गते जिल्लको दुर्गम गोगने गाविसबाट शुरु भएको प्रतियोगिताबाट ३ सय ४७ सहभागीबाट दश उत्कृष्ट छनौंट भएका हुन् । उत्कृष्ट दशमध्येबाट प्रतिस्पर्धाबाट १ गते मकवानपुर आइल छानिने छ।

All news in One Place