बज्रबाराहीमा नेफस्कूनको सहकारी अभिमुखिकरण सम्पन्न
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था -नेफस्कून_ काठमाण्डौको आयोजना सहकारीहरुको लागि अभिमुखिकरण गोष्ठी बज्रबाराहीमा सम्पन्न भएको छ । बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा भएको गोष्ठीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ -नेफ्स्कून_ का सञ्चालक दिपक पनेरुको प्रमुख आतिथ्यतागा भएको थियो । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव कल्पना क्षेष्ठको सभादक्षता रहेको गोष्टीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सदस्य तथा कार्यक्र विभाग प्रमुख संजय राज तिमल्सीना, बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष फडिन्द्र सुवेदी, जिल्ला बचत लेखा संघका सदस्य श्रमिक लामा, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका लेखा संयोजक भूमिका खतिवडा लागयतको उपस्थिती रहेको थियो । गोष्ठीमा थाहा नगर लगायत आसपासका सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापकहरु तथा प्रतिनिधिहरु गरी ६४ जनाको उपस्थिति रहेको थियो ।
जनक लामा। थाहा नगर