सफल तरकारी व्यवशायी संघको अध्यक्षमा पुनः विडारी

थाहा नगरमा क्रियाशील सफल तरकारी व्यवशायी संघको पाँचौ साधारणसभा ४ वैशाखमा सम्पन्न भएको छ । थाहानगरको विकास घरमा भएको साधारणसभाले राजेन्द्र विडारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 

नव निर्वाचित समितिको उपाध्यक्षमा लवप्रसाद ढकाल, सचिव बिनोद केसी, कोषाध्यक्ष राजु कार्की निर्वाचित भएकाछन् । संघको सदस्यहरुमा अच्युत केसी, सुरवीर वाइवा, विक्रम विष्ट, इन्द्रजंग खड्का र हर्क बहादुर तामाङ निर्वाचित भएकाछन् । नेपाल फलफुल तथा तरकारी व्यवहायी महासंघका कोषाध्यक्ष कृष्ण जंजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सदस्य भगवान कोइरालाको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, थाहानगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाल, पालुङ बहुद्देश्यीय सहकारी संस्थाका सहायक व्यवस्थापक रामप्रसाद ढकाल लगायतकाको आतिथ्य रहेको थियो । 

All news in One Place