पोताला र प्रतिभा क्वाटरफाईनलमा : चुरेकालिका र नव मिलनको सान्तवना जित

धर्मेन्द्र दाहाल हेटौँडा÷हेटौँडामा जारी जिल्ला लिग फुटबल अन्र्तगत शनिबार वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा भएको पहिलो खेलमा विजयी हुँदै डिफेन्डीङ च्यासम्पयन एफसी पोतालाले क्वाटरफाईनलमा स्थान बनाएको छ । समुह‘ए’ मा रहेको पोतालाले क्वाटरफाईनलमा प्रबेशको क्रममा पशुपती युवा क्लबलाई २–१ ले पराजित गर्दै ६ अंक सहित क्वाटरफाईनलमा प्रबेश गरेको हो । उसले क्वाटरफाईनमा छिमेकी क्लब गोर्खा ब्वाईजको सामना गर्ने छ । निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने पशुपतिले लिएको थियो । पशुपतीका सञ्जय लामाले १७ औ मिनेटमा सुरुवाती अग्रता दिलाए । गोल गर्ने धेरै प्रयास भएपनि १–० ले पछि परेको पोतालाले पहिलो हाफको अन्तिम मिनेट अर्थात ३० औ मिनेटमा सम्भु ढकालको गोल मार्फत बराबरी ग¥यो । बराबरी गोल गरेको दोश्रो मिनेटमानै विके लामाले गोल गर्दै पोतालाको अग्रता २–१ पु¥याए । त्यसपश्चात दुबैतर्फ कुनै गोल हुन सकेन र खेलपोतालाले २–१ ले जित्यो । खेलमा पशुपतिका विशाल कार्की म्यान अफ द म्याच भए । शनिबारनै भएको दोश्रो खेलमा नवमिलन युथले एफसी चाईनालाई ३–१ ले पराजित गर्दै ३ अकं हाँसिल गर्दै लिगको सुखद अन्त्य गर्दा चाईना भने विना अंक लिगवाट बिदा भएको छ । लिग चरणबाटनै बाहिरीसकेको दुबै टिमको लागि शनिबारको खेल प्रतिष्ठाको लागि मात्र थियो । खेलमा ह्याट्रिक गर्दै नवमिलनका सुमन थापाले टिमलाई सुखद विदाई गरे । उनले खेलको १५,२० र २५ मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरे । उता चाईनाको लागि एक मात्र गोल खेलको ५५ औ मिनेटमा सन्दीप तामाङले गरे । खेलमा नवमिलनमा सुमन म्यान अफ द म्याच भए । शनिबारनै भएको तेश्रो खेलमा जित्नै पर्ने दवावमा रहेको सक्षम युवा क्लब चुरेकालिकासँग ३–१ ले पराजित भएपछि प्रतिभा क्लब भाग्यमानि बन्यो । चुरेकालिकाले विजय हाँसील गरेपछि समुह ‘सि’ मा ४ अंक रहेको प्रतिभा क्लबले अन्तिम आठमा स्थान बनायो । भने चुरेकालिकाले ३ अंक हाँसील गर्दै लिगबाट सुखद विदा लियो । प्रतिभासँग बराबरी खेलेको सक्षम युवा १ अंकमानै चित्त बुझाउँदै लिगबाट बाहिरियो । पहिलो खेलको तुलानामा निकै सुधारिएको खेल प्रस्तुत गरेको चुरेकालिकाले सुरुवातबाटनै खेल आफ्नो नियन्त्रणमा राखेको थियो । चुरको लागि खेलको १७ तथा ३० औ मिनेटमा राज मगरले गोल गरे भने रोषन मुक्तानले ३५ औ मिनेटमा गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए । उता सक्षमको लागि एक मात्र सानत्वना गोल अन्तिम मिनेटमा बुद्ध लामाले गरे । खेलमा चुरेकालिकाका राज म्यान अफ द म्याच भए ।

All news in One Place