जेठ अन्तिम सम्म २५ सय लाई सदस्यता दिईने नयाँशक्तिको योजना

धर्मेन्द्र दाहाल
हेटौँडा/ नयाँ शक्ति नेपाल मकवानपुरले जेठ ३० गतेसम्म मकवानपुरमा २५ सय सदस्यता सङ्ख्या पु¥याउने योजना रहेको जनाएको छ । हालसम्म १५ सय सदस्यता रहेको बताउँदै नयाँ शक्तिले जेठको ३० गते पार्टीको आधिकारीक घोषण गर्नुपूर्व मकवानपुरका २५ सय सदस्यता बाँढीने जनाएको   हो ।
सोमबार नेपाल प्रेस सोसाईटीको संयोजनमा नयाँ शक्तिले गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति मकवानपुरका अन्तरिम जिल्ला परिषदका संयोजक प्रल्लाद लामिछानेले नयाँ शक्तिले सुरुगरेको अनलाईन सदस्यता अभियान अन्र्तगत मकवानपुरका ३ सयले हालसम्म फर्म भरेको समेत जानकारी    दिए । 
आगामी बैशाख १५ गते हेटौँडामा हुने कार्यक्रमको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले नयाँ शक्ति ‘टेक्नोपोल्टीक्स’ पार्टी हुने बताए । नेपाली राजनीतिमा पोलिटिक्स गरेर जेल गएकाहरुको मात्र वाहुल्यता रहेकोले विकासको आधारहरु निर्माण गर्न नसकिएको निश्कर्ष निकाल्दै अब राजनीतिमा पनि ‘टेक्नीसियन’हरुको आवश्यक्ता रहेको दाबी गरे । 
नयाँ शक्तिले मकवानपुरमा १५ गते ‘नेपालमा आर्थिक सम्बृद्धिका आधारहरु’ विषयक कार्यक्रमको आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । कार्यक्रममा नयाँ शक्तिका मुमाराम खनाल, रामेश्वर खनाल, पासाङ शेर्पा, गंगा श्रेष्ठ, केशब दाहाल, करिष्मा मानन्धर लगाएतको उपस्थिती रहने पत्रकार सम्मेलन मार्फत जानकारि गराईएको छ ।

All news in One Place