मकवानपुरमा सवारी दुर्घटना, ४६ जना घाइते
हेटौँडा/पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको चुरियामाई स्थित लच्कामा भएको सवारी दुर्घटनामा ४६ जना घाईते भएका छन् । जसमध्य ३८ जनाको अवस्था सामान्य रहेको र ८ जनाको अवस्था केहि मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । झापा वाट हेटौडा तर्फ आउदै गरेको ना३ ख ९८०८ नम्वरको वस ,सोहि दिशावाट आइरहेको वा ९ च ८०३७ नंम्वरकोे कार र विपरीत दिशावाट गइरहेको ना ५ ख ५७२८ नम्वरको मिनि वस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्य ४ जनाको भरतपुर रीफर गरीएको र अन्य घाइते हरुको हेटौडाको चुरेहित र हेटौडा अस्पताल मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।