मनोसामाजिक परामर्श तालिम शुरु

थाहानगर/भूकम्पपछिको मनोसामाजिक समस्या न्यूनीकरणका लागि बाल कल्याण समाजले तालिम शुरु गरेको छ । 
टियरफण्डको सहयोगमा आग्रा र टिस्टुङका सामुदायिक परिचालकहरुलाई तीन दिने तालिम शुरु गरिएको हो । 
मंगलबारबाट थाहानगरमा शुरु भएको तालिममा दुई गाविसमा क्रियाशील ९ जना सामुदायिक परिचालकहरु सहभागी छन् । 
मंलबार विहान भएको तालिम उद्घाटनमा टियरफण्डका संरक्षण सल्लाहकार क्रिस्टिना निसा, संरक्षण संयोजक उर्मिला उपाध्याय, बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकश खतिवडा, परियोजना संयोजक कुमार नेगी, सुपरभाइजर उमा कार्की र वीरबहादुर थापा, वित्त अधिकृत रिया रिजाल लगायतले भूकम्प पछिको मनोसामाजिक समस्या, संस्थाको कार्यक्रम तथा तालिमको औचित्यबारे प्रकाश पारेका थिए । 
तालिममा सहभागीहरु मनोसामाजिक समस्या, परामर्श तरिका र आफ्नो भूमिकाको बारेमा ज्ञान, सीप र अवधारणाबारे प्रशिक्षित हुने परियोजना संयोजक नेगीले बताए । तालिमपछि उनीहरुले समुदायमा मनोसामाजिक समस्या पहिचान गरी आवश्यक परामर्श सेवा दिने र समस्याग्रस्त व्यक्तिहरुलाई आवश्यकता अनुसार विभिन्न निकायमा  प्रेषण गर्ने उनले जानकारी दिए । 
सहभागीहरुलाई मुख्य प्रशिक्षकको भूमिकामा टिपिओ नेपालकी रुपा गुरुङले सहजीकरण गरिरहेकी छन् । 
बाल कल्याण समाजले एक वर्ष भित्रमा आग्रा र टिस्टुङ गाविसका करीब एक तिहाइ जनसंख्यालाई मनोसामाजिक परामर्श सेवा दिनेगरी परियोजना संचालन गरिरहेको छ । परियोजनाअन्तर्गत दुबै गाविसमा शिक्षा, संरक्षण र पोषणका कार्यक्रमहरु संचालन गरेको संस्थाका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए ।  -अच्युत बिडारी

All news in One Place