लाईन काट्दै–महशुल असुल्दै : पालुङ,चोरी पनि घट्यो
नेपाल विद्युत प्राधिकरणले
२०७३ वैशाख महिनालाई चुहावट नियन्त्रण विशेष अभियान संचालन गरेपछि उत्तरी
मकवानपुरको पालुङ वितरण केन्द्रले पनि विद्युत चुहावट नियन्त्रण अभियान तिव्र
पारेको छ । गत साल गएको भुकम्प र त्यसपछिको नाकाबन्दीका कारण रोकीएको अभियान पूनः
सुचारु भए पछि चोरी नियन्त्रणमा आउनुका साथै महशुल संकलन पनि बढेको पालुङ वितरण
केन्द्रका प्रमूख शिव प्रसाद नेपालले जानकारी दिए । चोरी नियन्त्रण र महशुल
संकलनका लागि दुई वटा समिति बनाई सक्रियताका साथ अभियान सफल पार्न लागि परेको पनि
नेपालले वताए । अभियान शुरु भए पछि पालुङ प्राधिकरणले जिल्लाको
थाहानगरपालिका सहित चित्लाङ, मार्खु, कुलेखानी र सिस्नेरी सहितका
क्षेत्रमा ९० भन्दा बढी ग्राहकको लाईन काटिसकेको र जस मध्ये ६० भन्दा बढी ग्राहकले
महशुल भुक्तानी गरि लाईन जोडाई सकेका छन् । अभियानकै कारण पालुङ वितरण केन्द्रले
१५ लाख भन्दा बढी बक्यौता अशुल गरि सकेको र यस महिना भित्र ४० लाख वक्यौता अशुल गर्ने
लक्ष्य लिएको पनि प्रमूख नेपालले बताए । उत्तरी मकवानपरका विभिन्न क्षेत्रमा
संचालन भएको चुहावट नियन्त्रण अभियान अन्तर्गत विद्युत चेरी गर्नेहरुबाट ४० हजार
जरिवाना अशुल गरिसकेको छ । १ करोड २५ लाख भन्दा बढी वक्यौता रहेको पालुङको झण्डै
८० लाख रुपैंया कालोपाटीमा रहेको छ , जस मध्ये ६० लाख भन्दा बढी बन्द भएको नेपाल रोप–वे सँग मात्र रहेको छ । थाहा
नगरपालिका अन्तर्गत दामन स्वास्थ्य चौकीले ४ लाख ६५ हजार वक्यौता विल रकम बुझाएको
छैन भने दामनमा रहेको प्रतिध्वनी मिडिया प्रा.लीले ६ लाख महशुल नबुझाएपछि लाईन
काटिएको छ । अन्य कालोपाटीको रकम पनि कानुनी बाटो बाट अशुल्न शुरु गरेको र यस क्षेत्रमा बाँकी वक्यौता
भई अन्यत्र बसोवास गर्नेको त्यस क्षेत्रमा पनि लाईन काट्ने र कालोपाटीको रकम
नतिर्नेको जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढाएको वितरण केन्द्रले जानएको छ ।