थाहा नगर र प्रतिष्ठानको दोहोरो जित
धर्मेन्द्र दाहाल ।
हेटौँडा/नेपाली राष्ट्रिय भलिवलका प्रमुख प्रशिक्षक तथा पूर्व राष्ट्रिय भलिवल खेलाडी स्वर्गिय केशबलाल श्रेष्ठको गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परि ज्यान गएको पहिलो वार्षिक पूण्य तिथीको अवसरमा हेटौँडामा जारी जिल्ला स्तरीय भलिवल प्रतियोगिता अन्तर्गत मंगलबार ५ वटा खेलहरु भएका छन् । मंगलबार विहान भएको पहिलो खेलमा थाहा नगरपालिका खेलकुद विकास समितीले चिउरी बगैचालाई २५–१५ र २५–१९ ले पराजित गरेको छ ।
मंगलबार बिहाननै भएको दोश्रो खेलमा आयोजक केशवलाल स्मृति केन्द्रीय प्रतिष्ठानले सरिखेत खेलकुद विकास समितीलाई २५–९ र २५–१७ ले पराजित गर्दा मंगलबारनै भएको तेश्रो खेलमा थाहा नगररपालिकाले सोझो सेटमा युगप्रकाश क्लब नवलपुरलाई पराजित गरेको छ । थाहाले नवलपुरलाई २५–१५ र २५–१७ को अन्र्तरमा पराजित गरेको हो । मंगलबारनै भएको चौथो खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो । पहिलो दिन छतिवनसँग पराजित भएको सुकौराले आयोजक प्रतिष्ठानलाई निकै कठिन बाटो देखाउने प्रयास गरेपनि विजयी भने हुन् सकेन । निकै प्रतिस्पर्धात्मक खेलमा प्रतिष्ठान २५–२०, २४–२६ र १५–९ ले विजयी बन्दै सेमिफाईनल नजिग पुगेको छ । मंगलबारनै भएको अन्तिम खेलमा चिउरी बगैचाले हटिया स्र्पोर्टस् एकेडेमिसामु कठिन जित दर्ता गर्न सफल बन्दा हटिया भने लगातार २ खेलमा पराजित बन्न पुग्यो । दोश्रो चरणको संभावना कायम राख्न पनि दुबै टिमलाई कम्तिमा जितको आवश्यक्ता रहेको अवस्थामा चिउरी बगैचा सफल बन्दा हटियाको पहिलो चरणबाट घर फर्कने संभावना बलियो बन्यो । चिउरीले हटियालाई २५–१९, १८–२५ तथा १६–१४ ले पराजित गरेको छ ।
फाइल फाेटो |