२० जनाले पाए छात्रवृत्ति

टिस्टुङ/केन्द्रीय बाल कल्याण समितिको सहयोग र वालकल्याण समाज मकवानपुरको समन्वयमा मंगलबार टिष्टुङ गाविसका २० जना विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गरिएको छ । 

टिस्टुङका दुई विद्यालयका २० जनालाई छात्रवृत्तिस्वरुप जनही नगद पाँच हजार रुपैयाँ प्रदान गरिएको बाल कल्याण समाज मकवानपुरले जनाएको छ । वागेश्वरी माविका १६ जना र मनकामना प्राविका ४ जनालाई छात्रवृत्ति दिइएको हो । 

आर्थिक अवस्था कमजोर भएका, फरक क्षमता भएका र टुहुरा विद्यार्थीहरुलाई शैक्षिक सुधारको लागि सो रकम प्रदान गरिएको बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । 
छात्रवृत्ति सहयोगले विद्यार्थीहरुको शैक्षिक स्तर सुधार तथा पठनपाठनमा महत्वपूर्ण भूमिका खेल्ने वागेश्वरी माविका प्रधानाध्यापक वीरमान स्याङ्तानले बताए । 

All news in One Place