जिल्ला लिगलाई शिल्ड प्रायोजन

धर्मेन्द्र दाहाल
हेटौँडा/हेटौँडाको बुद्धचौकमा रहेको न्यु सिजन्स बुक्स एण्ड स्पोर्टस् हाउसले मकवानपुरमा जारी जिल्ला लिग फुटबलको प्रथम द्वितिय प्रतियोगिताको शिल्ड प्रायोजन गरेको छ । शुक्रबार सिजन्स स्पोर्टस् हाउसमा गरिएको एक कार्यक्रमबिच १५ हजार बराबरको प्रथम तथा द्वितिय शिल्ड हाउसका सञ्चालन नवराज राईले जिल्ला फुटबल संघ मकवानपुरका महासचिव सचिन मानन्धरलाई हस्तान्तरण गरेका हुन् । शिल्ड हस्तान्तरण पश्चात प्रतिक्रिया दिँदै सञ्चालक राईले आफु पनि पिप्ले युथ क्लबको पूर्व फुटबल खेलाडी भएको र मकवानपुरे फुटबल विकासको लागि सहयोग गर्न पाउँदा गर्वको महशुस भएको बताए ।

कार्यक्रममा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला लिग फुटबल २०७२ का संयोजक दिपेन्द्र ढकाल, फुटबल संघ मकवानपुरका सदस्य सुविन घिमिरे लगाएतको सहभागिता रहेको थियो ।

All news in One Place