भलिबलकाे समापनमा गृहमन्त्री अाउने

मकवानपुर जिल्ला स्तरिय भलिबल प्रतियोगिताको फाईनल शनिबार हुने भएको छ । कालीदेवि यूवा समूहको आयोजना तथा कालीदेवि बहुद्देश्यिय सहकारी संस्थाको समन्वयमा मंगलबार  बाट मकवानपुरको आग्रामा सुरु भएको हो । आज भएको खेलबाट बज्रबाराहीलाई पराजित गर्दै बागेश्वरी युवा क्लब तृतीय हुन सफल भएको छ । 
फाईनल खेल कुण्डल देवि सहकारी संस्था र शशक्त निलो आग्रा युवा क्लब विच शनिबार प्रतिस्पधा हुने भएको छ । खेलकुद विकासको निम्ति कालीदेविको प्रयास, डाडाबाँस आन्तरिक पर्यटन विकासको अभ्यासभन्ने नाराको साथ आयोजना गरेको प्रतियोगितामा मकवानपुर जिल्ला भरीका ७ वटा टिम हरुको बिचमा प्रतिस्पर्धा भएको हो । 

प्रतियोगितामा प्रथम हुनेले ५० हजार ५ सय द्धितिय हुनेले ३० हजार ३ सय र तृतीय हुनेले २० हजार २ सय नगद सहित प्रमाण पत्र मेडल र शिल्ड प्राप्त गर्ने छन् । साथै विभिन्न ४ विधाका ४ उत्कृष्ट खेलाडीलाई समेत कार्यक्रमको विचमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रतियोगिताको समापन गर्ने आयोजकले जनाएको छ । फाईनल खेल शनिबार विहान ११ बजेबाट सुरु हुने भएकोले अायाेजकले खेल अवलाेकनकाे लागि सम्पूर्णलाई आब्हान गरेकाछन् ।
जनक लामा/थाहा नगर




All news in One Place