केन्द्रले भन्यो: 'पार्वती राना आधिकारिक'

धर्मेन्द्र दाहाल
हेटौँडा/ अखिल नेपाल महिला संघ मकवानपुरको जिल्ला अध्यक्षमा पार्वती रानालाई आधिकारीक भएको भन्दै अनेमसंघ केन्द्रीय कमिटी पत्र पठाएको छ । केन्द्रीय कमिटी महासचिव थममाया थापाद्वारा हस्ताक्षतिर पत्रमा अनेमसंघको १२ औ जिल्ला सम्मेलन पछिको निर्वाचित कमिटिको बहुमतको बैठकले अध्यक्षमा रानालाई चयन गरेकोले त्यो नै आधिकारी भएको जनाईएको छ । अनेमसंघकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज पद्मा पौडेललाई संवोधन गरेर पठाईएको पत्रमा एमालेका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल इन्चार्ज केदार न्यौपाने, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोध खतिवडा, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल तथा एमाले जिल्ला सचिवालय सदस्य तथा मोर्चा संगठन प्रमुख श्रीधर पोखरेललाई बोधार्थ दिएर पठाईएको पत्रमा निर्वाचन मण्डलकी अध्यक्ष तथा अनेमसंघकी केन्द्रीय सचिव विष्णु ओझा बसेर गरिएको बैठकको पूर्ण बहुमतले गरेको निर्णयनै आधिकारी रहेको भनिएको छ । 
पत्रमा सम्पूर्ण प्रक्रिया पुरा गरि सम्पन्न जिल्ला सम्मेलनको एक हप्ता पश्चात पुन गायत्री सुवेदीलाई अध्यक्षमा चयन गरिएको पत्र केन्द्रीय कार्यालयमा प्राप्त भएको, उक्त पत्रको आधारमा अध्ययन गर्दा कुनैपनि विधि र प्रक्रिया पुरा नगरि सुबेदीलाई चयन गरिएको पाईएकोले रानानै आधिकारी भएको भनिएको    छ ।
आधिकारीकताको पत्र तथा अनेमसंघ मकवानपुरको पूर्व बैठको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज पौडेलले अब मकवानपुरमा अनेमसंघको कुनै पनि विवाद नभएको स्पष्ठ पारिन् । उनले भनिन्

‘केन्द्रीय कमिटीले पनि रानाको अध्यक्षतामा बनेको कमिटीलाई बैधानिकता दिएकोले अब केहि ब्यक्ति तथा समुहले आफु अध्यक्ष भनेर हिडनुमा कुनै सत्यता रहदैन् ।’
पत्रकार सम्मेलनमा बोल्दै अनेमसंघकी केन्द्रीय सचिव विष्णु ओझाले अनेमसंघको पहिलो पूर्ण बैठकलेनै रानालाई अध्यक्षमा चयन गरेको तर आफुले अन्य पदाधिकारीलाई मिलाएर लैजानको लागि संयुक्त बैठक बस्ने प्रयत्न गरेको भएपनि केहि मित्रहरु नमान्दा समस्या परेको बताईन् । अब उक्त समस्या पनि समधान भएको बताउँदै उनल े अनेमसंघ मकवानपुरमा अब विवाद नरहेको स्पष्ठ पारिन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रानाले समस्याविच पनि अनेमसंघलाई मकवानपुरकै सबैभन्दा लोकप्रिय संघको रुपमा अघि बढाउने बताईन् । अप्ठेरो अवस्थामा नेतृत्व समाल्ने अवसर प्राप्त भएको बताउँदै उनले अनेमसंघलाई विवादरहित ढंगले सञ्चालन गर्ने बताईन् ।
यसैबिच अनेमसंघको आईतबार एमाले पार्टी कार्यालय हेटौँडामा बसेको पूर्ण बैठकले कार्यक्षेत्र निर्धारण, ५ जना सदस्य मनोनित तथा कार्ययोजना निर्माण समेत गरेको छ । बैठकले क्षेत्र नं १ को इन्चार्जमा रेखा खतिवडा, २ नंबर इन्चार्जमा सानुनानी अधिकारी, ३ नंबरमा सरस्वति बर्तौला, ४ मा विष्णुमाया वाईवा, हेटौँडा उपमहानगरपालिकामा सुमित्रा काफ्ले तथा थाहा नगरपालिकामा तुलसा विष्टलाई इच्चार्ज चयन गरेको छ । बैठकले गोपि घोरासैनी, तेजकुमारी न्यौपाने, गोमा लामा, लक्ष्मी गजुरेल तथा साधना श्रेष्ठलाई सदस्यमा मनोनित गरेको छ ।  बैठकले आउँदो बैशाख १५ गते भित्र क्षेत्रीक कमिटी बैठक सम्पन्न गर्ने तथा जेठ १५ भित्र क्षेत्रीय प्रशिक्षण तथा अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।












All news in One Place