मकवानपुरको भूकम्प पीडितको तथ्याङ्क सार्वजनिकै रोकियो

सूचीमा नपरेका व्यक्तिले दुई लाख खनुदान, सामूहिक जमीनको तीन लाख सहुलियत ऋण र गाउँमा १५ लाख धितोसहितको ऋण पाउने छैनन् । अघिल्लो वर्ष बैशाख १२ गते भूकम्पपछि राहत वितरणका लागि गृह मन्त्रालयले वितरण गरेको परिचयपत्रप्रति अविश्वास जनाउँदै दाता र सरकारले तथ्यांक विभागमार्फत इन्जिनियर र सामाजिक परिचालक गाउँमा पठाएर पुनर्निमाणका लागि लगत संकलन गर्न लगाएका थिए ।
प्राधिकरण अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रविओपी, रामेछापको मन्थली नगरपालिकाको ओख्रेनी, सिन्धुलिको रातमाटा झाँगाझोली, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र रसुवाको धुन्चेमा अनुदान पाउनयोग्य लाभग्राहीको सूची सार्वजनिक गरिदैँछ ।
अनुदान पाउन योग्यको सूचीमा परेका घरधनीलाई स्रोतकेन्द्र वा गाविस वा नगरपालिकामार्फत अनुदान प्राप्त गर्ने विधि, प्रक्रिया र सम्वन्धित व्यक्तिले पालना गर्नुपर्ने सर्त तथा आवश्यक कागजातबारेमा विस्तृत जानकारी दिइन्छ ।
त्यसपछि सम्वन्धित घरधनीले अनुदान सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ । त्यसपछि बैंक खातामा पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ जम्मा हुनेछ ।