पत्रकारितासंगै सन्जु बनिन् गायिका

जीवन र प्रेमका भोगाइलाई समेटेर गाइएको आधुनिक लयको लोक पप एल्बम ‘धेरैचोटी’ मा उनको एकल स्वर मात्र भने छैन गीतमा उनलाई सन्तोष र सनम पौडेलले साथ दिएका छन् । म्युजिक भिडियो समेत सँगै सार्वजनिक भएको गीतमा सन्तोष र सनमले मोडलिङ्ग गरेका छन् भने सञ्जुलाई पनि भिडियोमा देख्न सकिन्छ । गायन आफ्नो रुचीको बिषय भएको र घरमा सानै देखी भजनहरु गाउने गरेको बताउने सञ्जुले आफु दर्शक र श्रोताको मायामा बाँच्ने हुनाले गायनलाई अगाडी बढाउने जिम्मा पनि श्रोता तथा दर्शकमै जाने बताउछिन् ।
गायनमा लागेर पत्रकारितालाई पछाडी राख्ने सोंच भने उनको छैन । उनी भन्छिन् –‘उद्घोषण र पत्रकारितालाई छाड्ने कुरै आउँदैन जसले मलाई यहाँ सम्म ल्याएको छ ।’ नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको कार्यकारी सदस्य समेत रहेकी सन्जुको स्वरलाई धेरैले तारिफ समेत गरेका छन् ।
हेर्नुहोस् भिडियो