पालुङ बुहमुखी क्याम्पसको १३ औ वार्षिक उत्सव

पालुङ बुहमुखी क्याम्पसको १३ औ वार्षिक उत्सव एक समारोहकाबीच मनायएको छ । प्राथमिक स्वासथ्य केन्द्र पालुङका डाक्टर विकास लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथिहरुलाई थाहा नगरपालिकाका आर्थिक विकास समितिका उपसंयोजक तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य श्यामभक्त श्रेष्ठले गरेका थिए । 
कार्यक्रमको अवसरमा क्याम्पसका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत गरेका थिए । कार्यक्रममा जनकल्यण उच्च माविका अध्यक्ष राजीव कुमार स्याङतान, नेकपा एमाले थाहानगर सचिव ज्ञानेश्वर ढकाल, थाहा नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका सचिव रामकुमार कार्की, पालुङ रेडक्रसका केदार विडारी, नयाँ शक्ति मकवानपुर जिल्ला परिषद् सदस्य सुजन रायमाझी, एमाले क्षेत्रिय इन्चार्ज विष्णुप्रसाद ढकाल, स्वच्छन्द भैरव उच्च माविका शिक्षक मनोज लामिछानेलगायतकाको आतिथ्य रहेको थियो । 
नयाँ शक्ति राष्ट्रिय अभियानका केन्द्रिय परिषद् सदस्य प्रल्हाद लामिछानेको विशेष आतिथ्यमा भएको कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इश्वरनाथ पौडेलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख रामहरि अधिकारीले क्याम्पसको नीति तथा कार्यक्रम र अध्यक्ष पौडेलले क्याम्पसको अवधारणापत्र प्रस्तुत गरेका थिए । 
क्याम्पसको वार्षिक उत्सवको अवसरमा २०६८ सालमा लगाइएको महायज्ञका दाताहरुलाई सम्मान र क्याम्पसमा आयोजना गरिएको विविध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।  






All news in One Place