थाहानगरमा दुर्घटना : ब्युटिपार्लर र टेलरमामा क्षति

मकवानपुर थाहानगरको शिखरकोटमा मिनि ट्रकको ठक्करले स्थानीय उर्मिला भट्टको कच्ची घर भत्केको   छ । ठक्करबाट घरमा राखिएको टेलर र ब्युटिपार्लर पसल पूर्ण रुपमा क्षति भएको छ ।
हेटौंडाबाट स्टार गोल्ड वियर लिएर आएको ना ५ ख ८६८५ नंबरको मिनीट्रकले भिषण बेकरीको रोकिराखेको  बा २ च ९४७३ नंबरको टाटा मोबाइललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट टाटा मोबाइल गुडेर अगाडि रहेको कच्ची घरमा ठक्कर दिएको थियो । ठक्करबाट कपडा सिलाउने टेलर र ब्यूटी पार्लरमा पूर्ण क्षति भएको छ । घटनामा परी टाटा मोबाइल गाडीमा पनि क्षति पुगेको छ ।
घटनामा संलग्न मिनीट्रकलाई इलाका प्रहरी कार्यालय पालुङले नियन्त्रणमा लिएको छ । एक जना समामन्य घाइते भएकाछन् । ठक्कर दिने मिनिट्रक चालक ठक्कर दिएपछि भागेका छन् ।




















All news in One Place