२० गतेबाट मकवानपुरका भूकम्पपीडित–सरकारीबीच अनुदान सम्झौता हुने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी २० वैशाख सोमबारदेखि ११ जिल्लाका भूकम्प पीडितसँग घर पुनः निर्माणका लागि अनुदान सम्झौता गर्ने भएको छ । प्राधिकरणले २० वैशाखबाट मकवानपुर गोरखा, सिन्धुपाल्चोक, दोलखा, धादिङ, काभ्रे, रसुवा, नुवाकोट, रामेछाप, सिन्धुली र ओखलढुङ्गाका भूकम्पपीडित संग घर निर्माणका लागि अनुदान सम्झौता गर्ने जनाएको छ । अनुदान दिन योग्य ३ लाख घरधुरीको नामावली प्राधिकरणले १२ वैशाखमै सार्वजनिक गरिसकेको छ ।
भूकम्पले अतिप्रभावित १४ जिल्लामध्ये उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका जिल्लामा घर बनाउनका लागि सरकारले अनुदान सम्झौता गर्ने भएको हो । अनुदान सम्झौता भएको हप्तादिनभित्र पीडितले पहिलो किस्ताबापतको रकम प्राप्त गर्ने पुनःनिर्माण प्राधिकरणले जनाएको छ । हालसम्म करिब ४५ सय घरधुरीसँग अनुदान सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।
भूकम्पले भत्किएका घर पुनर्निर्माण गर्न सरकारले पहिलो किस्तास्वरुप ५० हजार रुपैयाँ दिनेछ । पहिलो किस्ता लिनका लागि पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्डभित्र रहेर घरको नक्सा पास गर्नुपर्ने व्यवस्था छ । जग हालिसकेपछि दोस्रो किस्तास्वरुप ७० हजार र छाना छाउने बेलामा ८० हजार रुपैयाँ घर कूल २ लाख रुपैयाँ अनुदान दिने प्राधिकरणले जनाएको छ । सरकारी अनुदान लिनका लागि लाभग्राहीले अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्ने छ ।