राप्रपा नेपालको युवक संगठनमा ५ जना प्रत्यासी
हेटौँडा/राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रीक युवक संगठन नेपाल हेटौँडा उपमहानगरपालिकाको शनिबार हेटौँडाको पल्पसा सभागृहमा दोश्रो नगर अधिवेशन हुने भएको छ । अघिवेशनमा ५ जनाले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै युवक संगठनका मकवानपुर अध्यक्ष अर्जुन ढुङ्गानाले सकेसम्म सहमतिको प्रयास गरिने नभए लोकतान्त्रिक प्रक्रिया अबलम्वन गरिने बताए । हेटौँडा उपमहानगरपालिकामा रहेको २९ वडाबाट ३ सय ५५ जना प्रतिनिधि रहेने छन् । ३३ सदस्यीय नगर कमिटीको लागि वर्तमान तदर्थ समिती अध्यक्ष समेत रहेका भृगु कार्की, उमेश थापा, सुनील थापा, शैलेश ढकाल र श्रीराज थापाले उम्मेद्वारी दिने लगभग निश्चित भएको छ । पत्रकार सम्मेलनमा बोल्दै नगर तदर्थ समितीका अध्यक्ष कार्कीले आफुले तदर्थ समितीमा रहेर काम गरेको र एक पटक पूर्ण समितीमा रहेको युवाहरुको हक हित र अधिकारको विषयमा काम गर्ने उदेश्य रहेको बताए । उता अन्य उम्मेद्वारहरुले पनि आफुनै युवक संगठनको नेतृत्वको लागि सक्षम रहेको उल्लेख गरे । पत्रकार सम्मेलन मार्फत शनिबारनै राप्रपा नेपालको ३ नंबर क्षेत्रीय अधिवेशन तथा महिला नगर अधिवेशन हुने जानकारी गराईएको छ ।