भिमफेदी कारागारका आठ बन्दी सहभागी
यस बर्षको एसएलसी परीक्षामा भीमफेदी क्षेत्रिय कारागारबाट आठ जना बन्दिले परीक्षा दिएको जेल प्रशासन प्रमुख चिरञ्जीबी थापाले बताए । भमिफेदीको महेन्द्र उच्च मावि परीक्षा केन्द्रबाट कुल दुई सय अड्तीस परीक्षार्थीे रहेकोमा दुई सय बत्तीसमात्र परीक्षा दिए ।
महेन्द्र उच्च मावि परीक्षा केन्द्र प्रमुख रामजी यादबका अनुसार उक्त केन्द्रबाट बत्सला मावि सिस्नेरीबाट अनठाउन्न, रुप नारायण मावि बुढिचोेैरबाट तत्तीस, पञ्चकन्या मावि इपाबाट बीस, बाराही मावि निबुवाटारबाट सन्ताउन्न, श्री मावि कोगटेबाट तेह्र र महालक्ष्मी मावि भीमफेदीबाट उनन्चालीस रहेको छ ।
पहिलो दिनको परीक्षा दिदां दिदै महालक्ष्मी मावि भीमफेदीकी छात्रा उमा पुडासैनी अशक्त बिमारी भइ प्राथमीक स्वास्थ केन्द्रमा उपचार गरिएको छ । छात्रा उमा पुडासैनीका अभीभाबक उद्धब पुडासेनीका अनुसार गत बैशाख १२ को भुकम्प आए देखी उमा डराउने, जिउ बाउडिने र चिच्याउने समस्या थियो । उपचारपछि उमा डिस्चार्ज स्वस्थ भएकी स्वास्थ्य केन्द्रले जनाएको छ ।
-सुरेन्द्र थिके, भीमफेदी