सेक्युरिटी मजदुरको आन्दोलन दोस्रो चरणमा
हेटौडा, १८ चैत्र/अखिल नेपाल ट्रेड युनियन महासंघ निकट रहेको अखिल नेपाल सेक्युरिटी मजदुर संघ जिल्ला समिति मकवानपुरले पहिलो चरणको आन्दोलन सम्पन्न गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
संघले आज एक विज्ञप्ति प्रकाशित गर्दै राज्यले मजदुरको न्युनतम तलव वेतन २०७२/१०/१८ गते राजपत्रमा प्रकाशित भएअनुसार सेक्युरिटी सप्लायर्सहरुले कार्यान्वयन नगरेको भन्दै संघले दोस्रो चरणको आन्दोलन शुरु गरेको हो । संघका अध्यक्ष रविन्द्र के.सी.का अनुसार राज्यले प्रदान गरेको नियमानुसार कार्यन्वयन गर्न पटक पटक आग्रह गर्दा सम्म सो हुन नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । संघले दोस्रो चरणको आन्दोलनमा गत ११ गतेदेखि युनिफर्म बहिष्कार कार्यक्रमलाई निरन्तरता दिने, आउदो चैत्र २२ गतेदेखि अनिश्चित कालका निम्ति पेन डाउन गर्ने, चैत्र २३ गतेदेखि अनिश्चित असहयोग तथा माैन आन्दोलन गर्ने जसमा आफ्ना सहकर्मी बाहेक अरुसँग नबोल्ने, हाकिमलाई सलाम नगर्ने आदि रहनेछन् ।