एसएलसी शान्तिपूर्ण :: १ सय ५१ जना अनुपस्थित

हेटौँडा/यो वर्षको प्रबेशिका परिक्षा अर्थात एसएलसी परिक्षाको पहिलो दिन अनिवार्य अंग्रेजीको परिक्षा
शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परिक्षाको पहिलो दिन मकवानपुरबाट एसएलसी दिने विद्यार्थीहरुमध्य नियमित तर्फ १७ छात्र तथा १२ छात्रा गरि २९ जना तथा एक्जाम्टेड तर्फ ३८ छात्र तथा ८४ छात्रा गरि १ सय २२ समेत १ सय ५१ जना विद्यार्थीले परिक्षामा सहभागिता नजनाएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ ।
२४ वटा परिक्षा केन्द्र रहेको मकवानपुरमा पहिलो दिनको परिक्षा निकै शान्तिपूर्ण ढंगले सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले बताए । उनले भने ः ‘मकवानपुरको कुनैपनि परिक्षा केन्द्रमा कुनैपनि वाधा भएन, परिक्षा निकै मर्यादित तथा शान्तिपूर्ण तबरले सम्पन्न भएको छ । ’ 
यो वर्ष मकवानपुरबाट नियमित तर्फ ६ हजार २ सय ७८ जना, तथा एक्जाम्टेड तर्फ १ हजार ८५ जना विद्यार्थी परिक्षामा सहभागि भएका छन् । यो वर्ष क्षेत्रीय कारागार भिमफेदीबाट ८ जना परिक्षार्थीले परिक्षा दिदैछन भने एक जना बनकरियाले परिक्षा दिएका छन् ।

All news in One Place