उच्च अदालत बनाउन पहल गर्छु : पाेखरेल
हेटौँडामा रहेको पुरावेदन अदालतलाई यथास्थानमा उच्च अदालत बनाउनु पर्नेमा बार एसोसिएसनका एकजना मकवानपुरे उम्मेद्वारले जोड दिएका छन् । हेटौँडा ७ न्युरेनी स्थायी घर भई काठमाण्डौमा कानुन व्यवसाय गर्दे आएका अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले देशमा नयाँ संविधान जारी भएपछि पुनरावेदन अदालतहरू एक वर्षभित्र उच्च अदालतमा परिणत हुने र ७ वटा मात्र उच्च अदालत रहने भएकोले हेटौँडाको पुनरावेदन अदालतलाई अन्यत्र सार्न सक्ने शंका व्यक्त गर्दै यस अदालतलाई नै स्थानमा उच्च बदालत बनाउनु पर्ने बताए । यहाँको भौगोलिक,क्षेत्र औद्योगिक क्षेत्र एवम् स्थानीय कानुन व्यवसायीको हितका लागि हेटौँडाकै पुनरावेदन अदालतलाई उच्च अदालत बनाउन आफूले सदस्यका हैसियतले जोडदार रुपमा आवाज उठाउने पनि उहाँले बताए । पुनरावेदन अदालत हेटौँडाका. सान, गौरव भएकोले यसलाई अन्यत्र सार्नबाट बचाउने उहाँको भनाइ छ । यस अदालतले मकवानपुरका कानुन व्यवसायीको हित भइरहेकोले संघीय संरचनाअनुसार ७ वटा उच्च अदालत बनाउँदा हेटौँडामा पनि उच्च अदालत एउटा रहनै पर्ने उहाँले बताए । नेपाल बार एसोसिएसनको यही चैत २० गते हुन लागेको निर्बाचनमा सदस्य पदमा उम्मेद्वारी दिनुभएका उहाँ काठमाण्डौ बारमा आबद्ध छन् । पोखरेल वृहत प्रगतिशील, पेशागत,राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समूह ( विजयकान्त मैनाली नेतृत्व) बाट उम्मेद्वार रहेका छन् ।
विगत १४ वर्षदेखि काठमाण्डौलाई कर्मभूमि बनाइ काम गर्दै आउनुभएका पोखरेलले आफ्नो उम्मेद्वारी बारमा राजनीतिक हुन नदिन तथा कानुन व्यवसायीको हितका लागि भएको दावी गरे । स्थानीय र केन्द्रीय बारबिच दुरी बढ्दै गएको बताउँदै उहाँले सो दुरी कम गर्नका लागि पनि आफ्नो भूमिका रहने केन्द्र र स्थानीय बार बिच समन्वय गर्न पनि आफ्नो विशेष भूमिका हुने तथा नवप्रप्रवेशी कानुन व्यवसायीको हितका लागि काम गर्ने पोखरेलले बताए । वि.सं. २०२८ सालमा जन्मनुभएका अधिवक्ता पोखरेल विगतका समयमा पनि सार्बजनिक सरोकाका मुद्धाहरुलाई अदालतमा उठाउने एक जुझारु कानुन व्यवसायी हुनुहुन्छ । लोडसेडिङ विरुद्ध सर्बाेच्चमा मुद्धा दायर गर्नेदेखि पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिइएका सेवासुविधाका विरुद्ध तथा भारतीय च्यानल नेपाल वान टेलिभिजनको नामका विषय, निशाना छाप लगायतका विषयमा सर्बाेच्च अदालतमा मद्धा दायर गरि बहस गर्दै आएका छन् । विभिन्न सिद्धान्त बोकेका तथा विभिन्न भौगोलिक क्षेत्रको समान सहभागिता रहेकोले आफू्नो प्यानल तथा अफूले जित्नेमा उहाँले विश्वास व्यक्त गरे । आफ्नो समूहले जितेमा संविधान कार्यान्वयन एवम् संविधानले परिकल्पना गेका उद्देश्य पूरा गर्न आवश्यक पर्ने, नीतिगत संरचनागत कानुन्री व्यवस्था मिलाउन पहल गर्ने, स्वतन्त्र सक्षम र जवाफदेही न्यायपालिकाको लागि क्रियाशील रहने उहाँले बताए । न्यायपालिकामा देखिएका विसंगति अन्त्यका लागि पहल गर्ने पनि उहाँले बताए । भ्रस्टाचारमा संलग्न न्यायाधीश, कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन आफ्नो प्यानलले आवश्यक पहल गर्ने पनि उहाँको दावी छ ।