छिमेकीसँग आवश्यक्ता भन्दा धेरै कोल्टे पर्दा दुर्घटना: पोखरेल
हेटौँडा/नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले छिमेकीसँग आवश्यक्ता भन्दा धेरै कोल्टे परेकोले दुर्घटना भएको बताएका छन् । कुनैपनि देशले छिमेकी सँग कोल्टे मात्र सम्वन्ध राख्नु पार्ने तर नेपालले भारतसँग दुर्घटनाहुने गरि कोल्टे सम्वन्ध विस्तार गरेकोले नाकाबन्दीको सामना गर्नु परेको बताए । भारतसँग मात्र पराबहन सम्झौता गर्नु, इन्धनको सम्झौता गर्नु भुल रहेको बताउँदै उनले अब दुबै देशसँगको सम्वन्ध बराबरी हैसियतको बनाउनुपर्नेमा जोड दिए ।
बिहिबार हेटौँडामा भएको पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आफुहरुको आत्मनिर्भरको पक्ष कमजोर हुँदा स्वाभिमान संकटमा परेको बताए । नेपाल आत्मनिर्भर भएको खण्डमा स्वाभिमानका कसैले आँच पु¥याउन नसक्ने भन्दै अब एमालेको नेतृत्वमा भएको सरकारले राष्ट्रिय स्वाभिमान बचाउँदै आत्मनिर्भरताको लागि योजना निर्माण गर्ने बताए । एमाले नेतृत्वको सरकारले मुलुकलाई आत्मनिर्भर बनाएर देशलाई आर्थिक विकासको बाटोमा अग्रसर बनाउने उनको भनाई रहेको छ ।
