मकवानपुरको बजेट ३ अर्ब १७ करोड

धर्मेन्द्र दाहाल/
हेटौँडा/जिल्ला विकास समितीको २६ औँ जिल्ला परिषदले मकवानपुरको कुल बजेट ३ अर्ब १७ करोड ४६ लाख ४७ हजार सार्वजनिक गरेको  छ । बिहिबार हेटौँडाम भएको २६ औँ परिषदमा स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाले जिल्लाको बजेट सार्वजनिक गरेका हुन् । 

यो वर्ष मकवानपुरमा सार्वजनिक गरिएको बजेटमा पनि भौतिक पूर्वाधार निर्माणमा धेरै रकम विनियोजन गरिएको छ । विकासको महत्वपूर्ण आधारको रुपमा रहेको सडक निर्माणलाई यो वजेटले प्राथमिकतामा राखेको छ ।  यो वर्ष भौतिक निर्माण तर्फ ४३ करोड बजेट विनियोजन गरिँदा आर्थिक विकास तर्फ १७ करोड, वन तथा वातावरण विकास तर्फ २६ करोड, सामाजिक विकास तर्फ ३९ करोड सहित ३ अर्ब बजेट सार्वजनिक गरिएको हो ।

परिषदमा बोल्दै उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले अब स्थानीय निकायको निर्वाचन चाँडै हुने बताए । स्थानीय निकायमा जनप्रतिनिधी नहुँदा योजना कार्यन्वयनमा समस्या आएको बताउँदै उनले यो सरकारको मुख्य जिम्मेवारीमध्य स्थानीय निकायको निर्वाचन परि रहेको उनको भनाई रहेको थियो । कार्यक्रममा सभासदहरु शुवासचन्द्र ठकुरी, राजाराम स्याङतान, रामनारायण विडारी सहित मकवानपुरका स्थानीय दलका नेतृत्वहरुको सहभागिता रहेको थियो ।

All news in One Place