मकवानपुरमा परीक्षार्थी बढे

मकवानपुर, १७ चैत/बिहीबारबाट शुरु हुने प्रवेशिका परीक्षा (एसएलसी)मा यसवर्ष गत वर्षको तुलनामा परीक्षार्थी संख्या बढेको छ । मकवानपुरमा गतवर्ष भन्दा एक हजार २ सय ७६ बढी विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ । 

एसएलसीमा यसवर्ष मकवानपुरबाट ७ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदैछन् । नियमित तर्फ ६ हजार ९१ जना र एक्जाम्टेड तर्फ १ हजार १ सय ८५ विद्यार्थी सहभागी हुने जिल्ल शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले बताए । यसवर्ष १ सय ८७ विद्यार्थी एसएलसी परीक्षा दिनको लागि योग्य ठहर नभएको शिक्षा कार्यालयले जनाएको छ । परीक्षा दस्तुर नबुझाउने र शैक्षिक सत्र भित्रमा तोकिएको ७५ प्रतिशत हाजिरी नपुगेका विद्यार्थीलाई अयोग्य ठहर गरिएको शर्माले बताएका छन् । गतवर्ष २१ परीक्षा केन्द्र तोकिएकोमा यसवर्ष तीनवटा थप गरी २४ पु¥याइएको छ । 

जिल्लामा एकसय २० वटा विद्यालयका विद्यार्थी एसएलसीमा सहभागी हुँदैछन् ।

All news in One Place